गुजरातमा विजेपीलाई टक्कर दिँदै कँग्रेस गुजरातमा विजेपीलाई टक्कर दिँदै कँग्रेस

  • गुजरातमा विजेपीलाई टक्कर दिँदै कँग्रेस
  • गुजरातमा विजेपीलाई टक्कर दिँदै कँग्रेस

गुजरातमा विजेपीलाई टक्कर दिँदै कँग्रेस

18 December, 2017 16:15 | विश्व समाचार | comments | 21300 Views

गुजरातमा विजेपीलाई टक्कर दिँदै कँग्रेस

भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ ।

राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा हिमाञ्चल प्रदेश र गुजरातमा निकै कडा सुरक्षा व्यवस्थाबीच मतगणना सुरु गरिएको बताइएको छ ।भारतका यी दुई प्रदेशको मतगणना सोमबार बिहानबाट सुरु गर्नेगरी सबै तयारी गरिएको एकजना निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार यी दुई प्रदेशमा मतगणना गर्न सोमबार बिहान गणनास्थलमा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।मत गणनास्थलबाट प्राप्त पछिल्लो परिणामअनुसार ती दुवै राज्यमा भारतीय जनता पार्टी (विजेपी) ले धेरै स्थानमा अग्रता लिइरहेको छ ।

विजेपीलाई भारतीय राष्ट्रिय कँग्रेसले पछ्याइरहेको देखिएको प्राप्त पछिल्ला समाचार विवरणहरुमा जनाइएको छ ।तर गुजरातको यस निर्वाचनलाई काँग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ । गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो ।

यहाँ कँग्रेसले दिएको टक्करलाई निकै महत्वाका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको कँग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वाका साथ हेरिएको छ ।मत गणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपीकै अग्रता छ । उसले १०३ स्थानमा अग्रता लिएको छ ।

साथै उसलाई टक्कर दिइरहेको कँग्रेसले पनि ७७ स्थानमा अग्रता कायम गरेको छ । हुनत काँग्रेस पछि नै छ तर गुजरातमा दिएको यो टक्कर कँग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ ।

हालैमात्र भारतीय राष्ट्रिय कँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित हुनुभएको छ । उहाँले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो ।त्यसैले कतिपय विश्लेषकहरुले भारतमा कँग्रेसको पुनरागमनको सङ्केत हो पनि भनेका राधजानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

तर यता हिमाञ्चल प्रदेशमा भने कँग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४४ र कँग्रेसको २० स्थानमा अग्रता देखिएको छ । यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो ।

त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ । यसअघिको परिणामभन्दा कँग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको बताइएको छ ।

तर निर्वाचन सम्पन्न भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका छन् ।

विजेपी छाडेर कंग्रेस पुगे सिद्धु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रदीप ज्ञवाली

फेसबुक

प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More