मुख्यमन्त्री पोखरेल मुख्यमन्त्री पोखरेल

  • मुख्यमन्त्री पोखरेल
  • मुख्यमन्त्री पोखरेल
  • मुख्यमन्त्री पोखरेल
  • मुख्यमन्त्री पोखरेल
  • मुख्यमन्त्री पोखरेल
  • मुख्यमन्त्री पोखरेल

गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

14 April, 2018 18:19 | प्रदेश , प्रदेश ५ | comments | 78000 Views

मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताउनुभएको छ ।

प्रदेश नम्बर ५ मा शनिबारदेखि शुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ जनजनमा स्वास्थ्य पहुँच हाम्रो अभियान कार्यक्रमको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पतालमा भएका साधन स्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशन दिनुभयो ।

adsads

मुख्यमन्त्री पोखरेलले गरीब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो वा त्यो बहानामा प्रयोगविहीन नगर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउनु पर्ने बताउँदै उपचारको अभावमा बाहिर जानुनपर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो ।

उहाँले स्वास्थ्यकर्मी स्वच्छ भए स्वास्थ्य सेवा पनि गुणस्तरीय हुने बताउँदै स्वास्थ्य रहन नियमित व्यायाम पहिलो आधार रहेको विचार व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव शंकर पाठकको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख डा उमाशंकर चौधरीले अभियान सञ्चालनको उद्देश्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा योगसमेत गराइएको थियो नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गतको यो अभियान आज प्रदेश नम्बर ५ सहित सबै प्रदेशमा शुरु गरिएको छ ।

प्रदेश ५ मा २६ प्रतिशत जनता गरीबीको रेखामुनी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुख्यमन्त्री पोखरेल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More