गैरआवासीय नेपाली संघ महिला फोरमको कार्यशाला गोष्ठी सम्पन्न

8 March, 2018 16:22 | एन आर एन न्युज | comments | 105150 Views

गैरआवासीय नेपाली संघ महिला फोरमको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएर आएका नेपाली महिला कामदारहरुलाई नेपालमा आर्थिक सामाजिक तवरमा पुनः एकीकरण गर्ने विषयबारे कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

१०८ औँ  अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित उक्त गोष्ठीमा नेपाल सरकार श्रम मन्त्रालय वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन प्रसाद आचार्यले आफू यस विभागमा भर्खरै आएता पनि वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन विभागले केही कार्यक्रम संचालनमा ल्याएको बताउनुभयो ।

adsads

 उहाँले सामी परियोजनाको सहयोगमा २० जिल्लाहरुमा वैदिशक रोजगारमा जानेहरुलाई वैदेशिक रोजगार सम्बन्धी जानकारीहरु उपलब्ध गराई राखेको जानकारी दिनु भयो । यसका साथै उहाँले फर्किएर आएका कामदारहरुको तथ्यांक हाल विभागसंग नरहेको तर यस सम्बन्धमा कार्यहरु भईरहेको जानकारी पनि गराउनु भयो ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएर आएका नेपाली महिला सहभागी कामदारहरुले आआफ्नो धारणाहरु राख्नु भएको थियो । धारणा राख्नेहरुमा शक्ति संस्थाका चरिमायाँ तामांग,पौरखिको सेल्टरमा बस्ने कमलीदेवी घर्ती, ताहाँचलको वैदेशिक रोजगार सूचना कक्षमा कार्यरत दुर्गा पोखरेल लगायत अन्य वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुले वैदेशिक रोजगारमा रहेका बेला भोगेका समस्याहरु र फर्किएर आएपछिका समस्याहरु बारे आफ्ना अनुभवहरु सुनाउनु भएको थियो ।

वैदेशिक रोजगार पश्चात नेपाल फर्केका महिला कामदारहरुलाई नेपालमा कसरी पुनर्स्थापना गर्न सकिन्छ बारे सामाजिक अभियन्ता सरु जोशीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संघसंस्थाहरु एशिया फाउण्डेसनका नन्दिता बराउ, सामी परियोजनाका सुर्य प्रसाद भण्डारी, सवा संस्थाका नीलु थापा, एफविनका दर्शना श्रेष्ठ, रोटट्रयाक नेपालका सीता रुपाखेती, पौरखीका चाँदनी राना र वीनका प्रतिनिधिहरुले आआफ्ना संस्थाले महिला उत्थानका लागि गरेका कार्यबारे जानकारी दिदै वैदेशिक रोजगारबाट फर्केर आएका महिलाहरुलाई सीपमूलक तालिम दिएर उनीहरु पुनर्स्थापना गर्न सकिने बारे धारणा व्यक्त गर्नु भएको थियो ।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारको क्षेत्रलाई अझ सुरक्षित र मर्यादित बनाउन नयाँ नीती नियमहरु निर्माण हुन लागेको बताउँदै नेपाल सरकारले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित पार्न सरोकारवाला संघसंस्था संग सहकार्य गरेर कार्यहरु गरिरहेको जानकारी गराउनु भयो ।

नेपाल सरकार परराष्ट मन्त्रालयका सहसिचव एवं गैरआवासीय नेपाली महाशाखाका प्रमुख कृष्ण प्रसाद ढकालले गैरआवासीय नेपालीहरुको समसामियक समस्यामा प्रकाश पार्नु भयो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीले विदेशमा नेपाली महिलाबाट जन्मिएका बच्चाहरुलाई नागरिकताको व्यवस्था गर्न नेपाल सरकार संग आग्रह गर्नु भएको । यसका साथै उहाँले वैदेशिक रोजगराबाट फर्किएका नेपाली महिलाहरु मध्ये यो वर्ष २० जना महिलाहरुलाई गैरआवासीय नेपाली संघको पहलमा पुनःएकिकरण गरिने बताउनु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले महिलाहरुको शसिक्तिकरण हुनु पर्नेमा जोडदिनु भयो । उहाँले वैदैशिक रोजगारमा जानेलाई स्वदेशमै रोजगार गर्नको लागि सहुलियत व्याजदरमा  वित्तिय संस्थाहरुले ऋण उपलब्ध गराएमा उनीहरुका लागि विकल्पको बाटो खुल्ने धारणा राख्दै विदेशमा गएर रोजगारी गर्ने की स्वदेशमै रोजगरी गर्ने हो भनी आफैले चयन गर्ने बाटो दिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला फोरम, एफविन र नमूना फेसन कलेज टेक्नोलोजीको सहयोगमा दोश्रो चरणको विशेष सीप सम्बन्धी तालिम लिएका विभिन्न जिल्लाका  २० जना महिलाहरुलाई प्रमाण पत्र दिइएको थियो ।

कार्यक्रमको अन्यत्यमा यस कार्यक्रमका सभापति तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला संयोजक रजनी प्रधानले हालको नेतृत्वको कार्यकालमा भएका महिला गतिविहरु बारे जानाकारि दिनु भयो ।

उहाँले नेपालका महिलाहरुलाई स्वालम्वी बनाउनको लागि युरोप भरी १ युरो कार्यक्रम र विभिन्न राष्ट्रिय समन्वय परिषद्को सहयोगबाट नेपालमा महिलाहरुको लागि सीप मुलक तालिम, पाठेघर समस्या भएका महिलाहरुको स्वास्थ्य परिक्षण र उपचारका अतिरिक्त नाक कान घाँटी सम्बन्धी समस्या भएका महिला तथा बालबालिका लागि निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिरहेको बताउनु भयो ।

यसका साथै विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषदहरुले विभिन्न अवसरमा महिला शसक्तिकरण सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको बताउँदै हाल सम्म ७८ मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद गठन भएको र त्यस मध्ये ६० वटा मुलुकमा महिला फोरम गठन भएको जानकारी दिनु भयो । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय महिला उपसंयोजक संगीता मरहट्टा शर्माले गर्नु भएको थियो ।

 कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष, महिला उपाध्यक्ष, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, महिला अधिकार कर्मी, संचारकर्मीहरु लगायत गैरआवासीय नेपाली संघका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकारहरु, मानार्थ समितिका सदस्यहरु, विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा पदाधिकार लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको पाँचौं बैठक सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More