गोरखा दरबार पुनःनिर्माण अन्योलमा जगमा भ्वाङ भेटियो

22 February, 2018 17:22 | जन सरोकार | comments | 92850 Views

नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहको गोरखा दरबार २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि थालिएको पुनःनिर्माणका क्रममाा दरबारको जगमा भ्वाङ भेटिएपछि काम रोकिएको छ ।

समाचार अनुसार पुनःनिर्माणको क्रममा दरबार भत्काउँदा पूर्वी भागको जगमा भ्वाङ भेटिएको हो ।

adsads
भ्वाङ भेटिएको ठाउँमा जमिनको सतह कमजोर हुने भन्दै पुनःनिर्माणको काम रोकिएको छ ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले प्राविधिकको टोलीले नापजाँच गरेपछि मात्रै पुनःनिर्माणको काम थालिने र अध्ययन गर्नका लागि पुरातत्व बिभागका सीडीई इन्जिनियर सम्पत घिमिरेको संयोजकत्वमा चार सदस्यीय कमिटी गठन गरिएको बताउनुभएको छ ।

झण्डै एक साताअघि जगमा भ्वाङ भेटिएपछि फागुन ४ गते कमिटी गठन भएको समितिको प्रतिवेदन अनुसार काम अगाडि बढ्ने बताइएको छ । कमिटीले अहिले अध्ययन गरिरहेको छ ।

चार करोड ३७ लाख लागतमा दरबारको पुनःनिर्माणका लागि पचलीशिभाको जेभीसँग पुरातत्व विभागले ठेक्का सम्झौता गरेको छ । करिब दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य लिइएको छ ।

मूल दरबारको पुनर्निर्माण सकेर कालिका मन्दिरको मर्मत सम्भार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । दरबार भत्काए पनि मन्दिरको नियमित पूजा भने नरोकिएको दरबार हेरचाह अड्डा प्रमुख भुसालले बताउनुभएको छ ।

ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More