गोर्खाकै कारण युद्ध जित्ने बेलायतले उनीहरुलाई भेदभाव गर्न सुहाउँदैन (भिडियो)

22 April, 2018 11:46 | जन सरोकार | comments | 46500 Views

लामो समयदेखि गोरा सेना सरह समान पेन्सन र सुविधा माग गर्दै आन्दोलन गर्दैआएका ब्रिटिस गोर्खा भूप सैनिकका मागका सम्बन्धमा अब रकारले बेलायत सरकारसंग ठोस वार्ता गर्नेभएको छ ।

शनिबार आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि ब्रिटिस सरकारसँग ठोस वार्ता गर्ने बताउनुभएको हो ।

adsads

प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताउँदै गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको समेत जानकारी दिनुभयो ।

गोर्खा सैनिक भर्ती सम्झौता खारेजीको माग

प्रधानमन्त्री ओलीले पूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको र ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको जानकारी दिनुभयो ।

गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको भन्दै उहाँले अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको समेत बताउनुभयो ।

भूपू गोर्खा आन्दोलनका विषयमा यो भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पदयात्री

फेसबुक

पदयात्री

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!