गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

18 October, 2017 10:12 | जन सरोकार | comments | 5250 Views

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ ।

अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासंघले आज अनामनगरमा आयोजना गरेको शोक सभामा महासंघका पूर्वअध्यक्ष जीपछिरिङ लामाले गौचनको हत्यारालाई कानूनी कठघरामा उभ्याए मात्र गौचनप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

“हत्या भएको नवौँ दिनसम्म पनि हत्यारा पक्राउ हुन नसक्नु दुःखद् कुरा हो”– उहाँले भन्नुभयो । महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचनको हत्यारा पक्राउ नपरेसम्म व्यवसायीको आन्दोलन नरोकिने बताउँदै गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा व्यक्त गर्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानले गौचनको हत्या सिंगो नेपाली निजी क्षेत्रमाथिको बर्बर हमला भएको टिप्पणी गर्नुभयो । शोक सभामा विभिन्न व्यवसायमा आबद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रधानमन्त्रीले ओढाए गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा, शहीद घोषणाको बाटो खुल्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More