ग्लोबल आइएमई र प्यासिफक डेभलपमेन्ट बैंक बीच एकीकृत कारोबार सुरु

15 February, 2017 22:50 | कर्पोरेट/पर्यटन | comments | 1 Views

ग्लोबल आइएमई बैंक र प्यासिफक डेभलपमेन्ट बैंक बीच एकीकृत कारोबार शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक र लमजुङमा रहेको प्यासिफिक डेभलपमेन्ट बैंक  बीच फागुन एक गते देखि एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिंरञ्जीवी नेपालले संयुक्त कारोबार सञ्चालन गरेर शुभारम्भ गरेका थिए । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षेखि कारोबार गर्दे आएको प्यासिफिक बैंकको कुल चुँक्ता पूँजी १३ करोड २९ लाख रहेको थियो ।

प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुँक्ता पूँजी रु. ७ अर्व २४ करोड -आ . व. २०७२/७३ को प्रस्तावित वोनस शेयर रु. ९८ करोड ६३ लाख सहित) , कुल निक्षेप रु.८५ अर्व, कर्जा लगानी रु. ७२ अर्व ८८ करोड पुगेको छ । बैंकको ९४ वटा शाखा कार्यालय पुगेका छन् ।

२०६३ पौष १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको दश बर्ष अवधिमा नीजि क्षेत्रका वाणिज्य बैंकहरुको बिचमा अलग्गै पहिचान बनाउन सफल भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More