घरमा छोराछोरी कुर्दै : बाबुको दशैं भने खाडीको जेलमा

4 October, 2014 11:05 | पत्रपत्रिका , मुख्य समाचार | comments | 26850 Views

Gulf Jail‘बुवा, यसपालि पनि दसैं आयो,’ २८ सेटेम्बर राति रोशनकुमार सिंहलाई जेठा छोरा रूपेशले काठमाडौंबाट फोनमा भने, ‘यसपालि त हजुरको हातबाट टीका लगाउने ठूलो धोका थियो ।’

रूपेश २१ वर्ष नाघे । उनले थाहा पाएदेखि बुवा रोशन कतारमा छन् । १९९७ देखि स्वदेश र्फकन सकेका छैनन् । ‘जब दसैंजस्तो चाडपर्व आउँछ,’ रोशनले भने, ‘परिवारले आफूसँगै मनाउन पाउने ठूलो आशा राख्छन् ।’

काठमाडौं ठमेलका रोशनका एक श्रीमती, एक छोरी र दुई छोरा छन् । ‘यो वर्ष पनि परिवारले निकै ठूलो आशा गरेका छन्,’ उनले भने, ‘जुन पूरा होस् भन्ने मेरो कामना छ । मैले भगवान्सँग प्रार्थना गरेको छु ।’

सन् २००१ मा रोशन सडक दुर्घटनामा परेका थिए । त्यसको मुद्दामामिला सकेर घर फिर्न खोज्दा विमानस्थलबाटै फर्काइयो । ‘हरेक वर्ष बिराएर विमानस्थल पुग्थे’, उनले भने, ‘सधैं र्फकनुपथ्र्यो ।’

उनी १९९५ मा पहिलो पटक कतार आएका थिए । दसैं मान्न दुई वर्षपछि घर फर्केका थिए । संयोगले दसैंकै समयमा आमाको मृत्यु भयो । टिकोटालो भएन । तीन महिना बसेर १६ डिसेम्बर १९९७ मा कतार फर्के । त्यसयता फेरि घर फिर्न सकेका छैनन् ।

‘२० वषर्ीया श्रीमती शोभा ५ वर्षीया छोरी, दुई वर्षीय छोरा र डेढ महिनाको कान्छो छोरो छोडेर आएका थिए,’ उनले भने, ‘अहिले सबै हुर्केर आफूभन्दा ठूलो भइसके । म आफैं ५१ वर्षको भए । पत्नी ३८ वर्ष नाघिसकिन् । छोराछोरी पनि जवान भइसके ।’

हरेक वर्षजसो परिवारले दसैं मनाएका सिडीहरू कतार पठाइदिन्थे । त्यही हेरेर छोराछोरी ठूला भएको थाहा पाउँथे । उनले पनि नयाँ-नयाँ फोटोहरू हुलाकमार्फत पठाइदिन्थे । ‘टीकाको दिन उताबाट फोन आउँथ्यो । छोराछोरी आज ठूला बुवा, काकीको घरमा टीका लगाएर आएको भन्थे । त्यही सुनेर भए पनि चित्त बुझाउँथे,’ उनले भने ।

चाडपर्व आउँदा उनलाई सपना जस्तो लाग्न थालेको छ । ‘पहिले पहिले पर्व मनाउँदाको याद आउँछ । परिवारसँग त कहिल्यै मनाउन पाएको छैन । परिवारसँग मनाउनु भनेको मेरा लागि सपना नै जस्तो भइदियो,’ उनले भने ।

यतिखेर उनी कतारको डिपोर्टटेसन सेन्टर -घरफिर्ती केन्द्र) मा १८ महिनादेखि छन् । त्यहा एउटै कोठामा उनीसहित ३३ नेपाली बस्छन । उनीजस्तै घर फिर्नका लागि बसिरहेका बर्दियाका गोच्चन कुमाल चार वर्षदेखि मुलुक फिरेका छैनन् । कम्पनीले भनेजस्तो तलब नदिएपछि उनी दुई महिनामै छाडेर भागेका थिए । ‘बाहिर काम गर्नेक्रममा गत अपि्रलमा पक्राउ परेको थिएँ’, उनले भने,’ छिटो जान पाए हुन्थ्यो भनेको थिए । पाँच महिना जेलमै बित्यो ।’

पाँचथरका बीरबहादुर लिम्बु पाँच बर्षदेखि घर फिरेका छैनन । ‘दशैको बेला घरपरिवारबाट छिटो आउन दवाव दिन्छन्’, उनले भने,’आफु यता जेलमा अल्भिmएको छु ।’ उनको साथमा राहदानी छैन् । ‘राहदानी कम्पनीमै छाडेर हिँडे । ट्राभल डकुमेन्ट भएपछि मात्रै घर फिर्न चाहिन्छ । ट्राभल डकुमेन्ट बनाउन तिन महिना अघि नै फोटो खिचेर लिएर गएका थिए’, उनले भने, ‘झन् अहिले टिकट पनि छैन भन्ने खबर आइरहेको छ । टिकट नभएर धेरै साथीहरू घर फिर्न सकेका छैनन् ।
– कान्तिपुरबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एनआरएनए एनसिसि फिन्ल्याण्ड

फेसबुक

एनआरएनए एनसिसि फिन्ल्याण्ड

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!