घलेले दिए एक करोड बाढी-पहिरो पीडितका लागि एनआरएन जुर्मुरायो

13 August, 2017 18:52 | एन आर एन न्युज | comments | 34050 Views

मुलुकको तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा गएको पहिरोले दर्जनौं व्यक्तिको ज्यान गएको छ । अर्बौंअर्ब बराबरको भौतिक क्षति भएको छ । यो प्राकृतिक विपत्तिलाई २०७२ सालको महाभूकम्पसंग तुलना गर्न थालिएको छ ।

तराईको जनजीवन कस्टकर छ । राजमार्ग पहिरोले बगाएको छ । पुल बगेको छ । सिंगो शहर डुबेको छ । सडकको के कुरा विमानस्थल समेत डुबेको छ । महाविपत्तिको यो घडीमा जनस्तरबाट राहत, उद्धार तथा सहायताको अभियान सुरु भएको छ ।

यसै क्रममा गैरआवासीय नेपाली संघ एनआरएनएले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एकएक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

एनआरएनएले तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउनुहुनेछ ।

बाढी पहिरो पीडितका लागि संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ । साथै संस्थाको मातहतका सबै देशका राष्ट्रिय समन्वय समितिहरुलाई पनि रकम संकलनमा तीब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र एनआरएन केन्द्रीय कार्यालयको खातामा पठाइसक्न संघले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।

०७२ सालमा आएको महाभूकम्प तथा नाकाबन्दीका कारण सिर्जित मानवीय संकटका बेला पनि गैरआवासीय नेपाली संघले ठूलो सहयोग गरेको थियो भने गोर्खाको लाप्राकमा एकीकृत नमूना बस्ती बनाइरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More