घिमिरेको ‘एक्लो विजेता’ कविता संग्रह बिमोचन

13 November, 2017 18:58 | जापान | comments | 6600 Views

अनेसास जापान

अनेसास जापानका निवर्तमान अध्यक्ष बिष्णु घिमिरेको ‘एक्लो विजेता’ कविता संग्रह बिमोचन भएको छ । कविता संग्रह एनआरएनए जापानको १० औँ अधिवेशका अवसरमा बिमोचन भएको हो ।

सोहि कार्यक्रममा अनेसास जापानको “ नेपाली डायस्पोरा” तथा साहित्यकार हरि कल्पितको कथा संग्रह“आस्था” को विमोचन गरिएको थियो । कार्यक्रममा एनआरएनए आईसिसी सदस्य डिलाराम खरेल, एनआरएनए सदस्य केशर गिरी, जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी. कँडेल, नेपाली जनप्रगतिशिल मञ्च जापानका उपाध्यक्ष लोकनाथ अधिकारी, अन्तर्राष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष पद्म सिंह ढगुन्ना, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी महासचिव बुद्धीराज घिमीरे, सचिव जनक विक्रम शाही, अनेसास जापानका पूर्व अध्यक्ष बेलुकाजी थापा, अनेसास जापानका पूर्व अध्यक्ष दिनेशराज ज्ञवाली लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

अनेसास जापान

कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णु प्रसाद घिमिरेको अध्यक्षता रहेको थियो ।नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आथित्यता एवं अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईल,एनआरएनए आईसीसी एशिया प्यासिफीकका उपसंयोजक, पारशमणी पोख्रेलको विशेष आथित्यता रहेको थियो । कार्यक्रमको संचालन दिप पाठकले गर्नुभएको थियो ।

अनेसास अध्यक्षमा पाठक
अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको १० औँ अधिवेशनबाट दिप पाठक सर्वसहमतिमा चयन हुनुभएको छ । नयाँ कार्यसिमिति समेत गठन भएको छ ।

अध्यक्षमा दिप पाठक, उपाध्यक्षमा गिरिजा गैरे, श्रवण सत्याल, महासचिवमा अरूण पौडेल, सचिवमा जिवन अर्याल, सह-सचिवमा रविन शर्मा, कोषाध्यक्षमा सरिता ढकाल लगायत सदस्यहरूमा रबिन्द्र दिख्खुपा, बिमान किराती, सुमित गिरी, हेमन्त गिरी, अर्जुन दृष्टि पौडेल, मिनराज बास्तोला, आनन्द अधिकारी, श्याम शितल, सँगिता कुवँर, सबिना रेग्मी र प्रकृति फुँयाल चयन भएका छन् । कार्यक्रममा साहित्यीक प्रस्तुती समेत रहेको थियो ।

अनेसास जापान

अनेसास जापान

अनेसास जापान

अनेसास जापान

अनेसासको जपानमा नेपाली कवि र कविता विमोचित (फोटो फिचर)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More