चन्दा माग्दै गर्दा नेत्रविक्रमका कार्यकर्ता पक्राउ

28 November, 2017 22:06 | जन सरोकार | comments | 58950 Views

उद्योगी व्यवसायीहरूसँग चन्दा माग्ने  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई प्रहरीले पक्राउ गरेरको छ ।  भक्तपुर नगरपालिका १० भत्क्यापाटीमा मंगलबार दिउँसो चन्दा माग्दै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोक घर भई हाल मध्यपुर थिमि नगरपालिकामा बस्दै आएका डोकेन्द्रराज भट्टराईलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्लास्तरीय नेता हुन् । परिसरका अनुसार भट्टराईले एकजना व्यवसायीसँग पाँच लाख रुपैयाँ चन्दाको लागि बार्गेनिङ गर्दै थिए । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीसँगै रहेका अर्का एकजना मोटरसाइकलमा फरार भएको परिसरले जनाएको छ ।
यसअघि चुनावविरोधी गतिविधिमा संलग्न भएको आशंकामा भक्तपुर प्रहरीले नेकपाका तीनजना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

यो पनि पढ्नुहोस्

भनेजति चन्दा नपाएर बुढीगण्डकी आयोजना रद्दः अध्यक्ष ओली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!