पृथ्वीनारायणको मूर्तिचित्र अनावरण पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

  • पृथ्वीनारायणको मूर्तिचित्र अनावरण
  • पृथ्वीनारायणको मूर्तिचित्र अनावरण
  • पृथ्वीनारायणको मूर्तिचित्र अनावरण
  • पृथ्वीनारायणको मूर्तिचित्र अनावरण
  • पृथ्वीनारायणको मूर्तिचित्र अनावरण
  • पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

11 January, 2017 16:21 | जन सरोकार | comments | 28050 Views

 पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र एक देशभक्त नागरिकका हैसियतले नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीज्यूले बुधबार अनावरण गर्नुभएको हो ।

adsads
चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको हो ।पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनका दिव्योपदेशमा उल्लेख गरिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सातवर्ष देखिको अथक मेहनत र निरन्तरको परिश्रम पछि परियोजना सम्पन्न भएको जानकारी दिँदै परियोजना निर्माणमा स्थानीय समुदायबाट प्राप्त सहयोगको प्रशंशा गर्नुभयो ।पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमावहाको २९५ औं जन्मजयन्तीका अवसरमा मूर्तिचित्र निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष ढकालले चन्द्रागिरि हिल्स लिमिटेड सम्पूर्ण पर्यटककहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिनुभयो ।चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रमा गर्दा सतीदेवीको भाल अर्थात निधार पतन भएर भालेश्वर महादेव उत्पति भएको भन्ने कुरा स्वस्तानी कथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

 पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न मूर्तिचित्र अनावरण कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका संचालकहरू एवम् कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पृथ्वीनारायणको मूर्तिचित्र अनावरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More