Thursday 27, April 2017
नेपाली समय: 10:58:19
जापानी समय: 02:13:19

चन्द्रागिरि महोत्सवमा एक लाख दर्शक

21 April, 2017

चन्द्रागिरि महोत्सव

चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित चन्द्रागिरि महोत्सवमा करिब एक लाख दर्शकको सहभागितामा बिहिबार सम्पन्न भएको छ ।

गत चैत २९ गतेदेखि बिहिबारसम्म आयोजित उक्त महोत्सवमा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट सर्वसाधारण सहभागी भएका थिए । उक्त कार्यक्रममा स्थानीय उत्पादनको प्रवद्र्धन तथा सम्पदा संस्कृतिका बारेमा जानकारी गराइएको थियो । काठमाडौँ उपत्यका भित्रने महत्वपूर्ण नाकाका रुपमा रहेको सो क्षेत्रमा भालेश्वर मन्दिर, आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुर युद्धमा मारिएका योद्धा कालु पाँडेको समाधिस्थल, इन्द्रदह, दहचोकलगायत रमणीयस्थल छन् ।

त्यस्ता सम्पदास्थलका बारेमा प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । महोत्सवका आवसरमा बिहिबार राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता वासुदेव पौडेलललाई त्यस क्षेत्रको समाचार सम्प्रेषणमा विशेष योगदान पुर्याएबापत विहिबार सम्मानसमेत गरिएको थियो ।

आजबाट चन्द्रागिरि महोत्सव

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo