चरम गुटबन्दीले एमाले हार्‍योः अध्यक्ष अोली

23 September, 2017 21:31 | राजनीति | comments | 12450 Views

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले चमण गुठबन्दीका कारण दुई नम्बर प्रदेशमा निवार्चन हार्नु परेको बताएका छन् । निकै ठुलो आशा गरेको दुई नम्बर प्रदेशमा निर्वाचन नराम्ररी हार खेप्नु परेको एमालेले अन्य पार्टीले चरण गुठबन्दी गरेका कारण चुनाव हार्नु परेको दावी गरेको छ ।

सांगठनिक रुपमा निकै आशा गरेको र आफ्नो पकड थान्ने तहमा समेत निर्वाचमा हार व्यहोर्नु परेपछि एमाले अध्यक्ष अोलीले गुठबन्दीका कारण निर्वाचन हार्नु परेको बताएका हुन् ।

स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १०८ तहकोअन्तिम मतपरिणाम सार्वजनिक भएको छ । एक सय ३६ तहमा भएको निर्वाचन मध्ये १०८ तहको मतपरिणाम सार्वजनिक हुदा एमालेले १२ स्थानमा चित्त बुझाउँनु परेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ३३ स्थानीय तहमा विजयी भएको छ । नेकपा एमाले १२ तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम २०, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १८,नेपाली जनता दल दुई र नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्

हाम्रो भोट यति सजिलै कहाँ चल्छ र !

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More