बक्स अफिस बक्स अफिस

  • बक्स अफिस
  • बक्स अफिस
  • बक्स अफिस
  • बक्स अफिस
  • बक्स अफिस
  • बक्स अफिस

चलचित्र क्षेत्रको विकासको लागि बक्स अफिस प्रणाली लागू गरिन्छ – मन्त्री कार्की

29 November, 2016 09:10 | कला/मनोरन्जन | comments | 40200 Views

बक्स अफिस

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताउनुभएको छ ।

चलचित्र निर्माता सङ्घले सोमबार उहाँकै कार्यकक्षमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना अगाडि सारेको र त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

adsads

उहाँले नेपाली चलचित्रको विकास र विस्तार हुनु जरुरी रहेको उल्लेख गर्दै बक्स अफिस अविलम्ब कार्यान्वयन गराउन चलचित्र विकास बोर्डलाई निर्देशन दिइने बताउनुभयो । सञ्चारमन्त्री कार्कीले भन्नुभयो, “चलचित्र क्षेत्रको विकासका लागि भएका सम्पूर्ण मागलाई सकारात्मक रुपमा लिएको र आफूले चाँडै चलचित्र विकास बोर्डमा गई अनुगमन गर्नेछु ।” मन्त्रालयकोतर्फबाट हुने र सक्नेजति काम गर्ने प्रयास गरिन्छ, उहाँले भन्नुभयो ।”

राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गर्न, कार्यान्वयन तथा अनुगमन समितिलाई सक्रिय बनाउन तथा कार्य गर्ने वातावरण निर्माण गर्न र बक्स अफिस अविलम्ब कार्य गर्न एव्म गराउन चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्राचार गरियोस् भन्ने लगायतका माग पेस गरिएको सङ्घका अध्यक्ष तथा कलाकार नवल खड्काले जानकारी दिनुभयो ।

सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध : प्रधानमन्त्री

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बक्स अफिस

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More