चलचित्र पसिना चलचित्र पसिना

  • चलचित्र पसिना
  • चलचित्र पसिना

चलचित्र पसिना बैशाख १४ बाट देशभर प्रदर्शन हुने

13 February, 2018 17:40 | कला/मनोरन्जन , कलिउड | comments | 12450 Views

गीत हावा चल्यो सिरिरि सार्वजनिक

चलचित्र पसिना

मंगलावर राजधानीमा एक कार्यक्रमबीच चलचित्र पसिनाको सिनेमा घरमा आउने मिति र एउटा गीत सार्वजनिक गरिएको छ ।

नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर २०७५ साल बैशाख १४ गतेबाट देशभरका सिनेमाघरमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।

आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पीडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।

चलचित्र ‘पसिना’ मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, धुर्व कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । जीवन गौतम सहायक निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण रहेका छन् ।

राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रलाई नविन निरौलाले सम्पादन गरेका छन् भने शिव बि.कको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द र राम केसीको छायाँकन रहेको छ ।

सञ्चारकर्मी दीपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी अनिल योगी र सञ्चारकर्मी कृष्ण भुसालले शुभकामना मन्तव्य राखेका थिए । ‘सामाजिक र यथार्थ घटनालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ’ निर्देशक आर.बि.खत्री ‘शरद’ले भने । सार्वजनिक गीत हावा चल्यो सिरिरिमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र स्वर रहेको छ भने गौरव र अनु फिचरिङ छन् ।

गीत हावा चल्यो सिरिरि सार्वजनिक भिडियो-

चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More