Thursday 27, April 2017
नेपाली समय: 10:49:25
जापानी समय: 02:04:25

चलचित्र ‘लुट २’ को जापानमा प्रदर्शन हुनेः अग्रिम टिकट बुकिङ गर्न आग्रह

15 February, 2017


सर्वाधिक चर्चामा रहेको नेपाली चलचित्र ‘लुट २’ जापान भरि प्रदर्शन हुने भएको छ ।

जापान प्रदर्शन अनुमति पाएको टोकियो डि्रम्सका अनुसार पहिलो चरणमा फेब्रुअरी २५ तारिकका दिन टोकियोमा पहिलो सो हुने छ । मेगुरो कुमिन सेन्टरमा हुने पहिलो सोका लागि दर्शकहरुले यतिवेला धमाधम टिकट बुकिंग गरि रहेका छन् ।

यस्तै टोकियोमा दोश्रो सो मार्च ५ तारिकका दिन मेगुरो कुमिन सेन्टरमै हुने बताईएको छ । दोश्रो सोको समेत टिकट बुकिंग खुल्ला गरिएको जनाईएको छ ।

चलचित्र ‘लुट’ले चार वर्षअघि पाएको सर्वाधिक चर्चाका कारण बहुप्रतिक्षित बनेको दोश्रो सिक्वेल ‘लुट २’ को जापानका विभिन्न शहरहरुमा समेत प्रदर्शन हुने छ । ओसाका, नागोया, फुकुओका, तोचिगी, सिजुओका लगायतका स्थानमा चलचित्र प्रदर्शनको तयारी भई रहेको बताईएको छ ।

निश्चल बस्नेत निर्देशित ‘लुट २’मा दयाहाङ  रार्इ, सौगात मल्ल, कर्मा, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको सर्वाधिक चर्चामा रहेको गीत ठमेल बजारमा यतिवेला युटुव मार्फ भाईरल बनिरहेको छ भने चलचित्रको ट्रेलर पनि धेरै पटक हेरिएको भिडियो मध्येमा परेको छ ।

नेपालको वर्तमान परिस्थिति र वेरोजगार युवाहरुको कथामा आधारित निर्माण गरिएको चलचित्र लुट चलचित्रको कथालाई नै निरन्तरता दिईएको बताईएको छ । नेपालमा भने चलचित्र फागुन १३ गतेबाट प्रदर्शन हुदैछ ।

हेर्नुहोस ‘लुट २’को ट्रेलर

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo