Monday 29, May 2017
नेपाली समय: 01:27:03
जापानी समय: 04:42:03

चार तल्लाबाट खसेर ओकिनावामा एक नेपाली विद्यार्थीको मृत्यु

14 February, 2017

sanjiv-chaudhariजापानको दक्षिणी टापु ओकिनावामा अध्ययनरत एक नेपाली विद्यार्थीको चार तल्ले घरबाट खसेर मृत्यु भएको छ।

मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जादाँ जेएसएल जापानी भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी संजीव चौधरीको घरबाट खस्दा घटनास्थलमै मृत्यु भएको हो। दाङ घर भई अन्दाजी २२/२३ वर्षका चौधरी भाषा विद्यालयकै होस्टलको चार तल्लामा केही साथीहरुसंग गफ गरेर निस्किएका थिए।

लगतै माथीबाट केही झरेको आवाज आएपछि विद्यार्थीहरुले चौधरीलाई भुईमा खसेको अवस्थामा देखेका थिए। घटना लगत्तै प्रहरी आएपनि अस्पताल नलगिएको प्रत्यक्षदर्शी एक नेपालीले नेपाल जापान डटकमलाई बताए। प्रहरी आएको केही वेरमै चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो।

करिव १ बजेराती कामबाट फर्किएका चौधरी होस्टल पुगे लगत्तै केही वेर होस्टल बाहिर रहेका साथीहरुसंग गफ समेत गरि हिडेका थिए।

आगामी महिनाबाट भाषा विद्यालयको पढाई सकाउन लागेका मृतक चौधरीको मृत्यु आत्महत्या वा दुर्घटना के भएको भन्ने विषयमा अनुसन्धान भईरहेको बुझिएको छ।

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo