चितवनको मतगणना स्थगित, कांग्रेस–माओवादीद्वारा निर्वाचन अधिकृतको राजीनामा माग

20 May, 2017 00:02 | राजनीति | comments | 2 Views

भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । कांग्रेस र माओवादीका प्रतिनिधिले निर्वाचन समितिले पटक पटक प्राविधिक त्रुटी गरेको भन्दै असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको हो ।

पटक पटक प्राविधिक त्रुटी दोहोरिँदा पनि निर्वाचन आयोगले उचित ब्यबस्थापन गर्न नसकेको भन्दै कांग्रेस र माओवादीले चितवन जिल्लाका प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

मतगणना गरिरहेका कांग्रेस माओवादीका प्रतिनिधि नै बाहिर निष्किएर नाराबाजी गरेपछि स्थगित गरिएकाे थियो । विवाद मिलाउने प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

एमाले उमेदवार देवी ज्ञवालीको पक्षमा १५ हजार १५५ मत खसेको छ । मओवादी केन्द्रका तर्फबाट मेयरकी उमेदवार रेणु दाहालले १४ हजार ८०९ मत प्राप्त गरेकी छन् । रेणु माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी उमेदवार हुन् ।
कांग्रेस र माओवादी केन्द्रका नेताहरुले मतगणनाका क्रममा पारदर्शीता नअपनाइएको भन्दै तीव्र विरोध गरेका हुन् ।
उनीहरु मतगणनास्थलबाटै नाराबाजी गर्दै बाहिरिएका थिए । कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र र आफूहरु मतगणना स्थगितको माग गर्दै बाहिरिएको जानकारी दिए ।
उनीहरुले निर्वाचन समितिलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि पटक पटक नियोजित रुपमा गल्ती गरिरहेको आरोप लगाएका छन् । उनीहरुले नेकपा एमालेको डिजाइनमा केही कर्मचारीले काम गरेको आरोप पनि लगाएका छन् । निर्वाचन समितिले पारदर्शीताको प्रतिवद्धता नजनाएसम्म कुनै पनि हालतमा गणना हुन नदिने निष्कर्षमा उनीहरु पुगेका छन् ।
उनीहरुले वडा नम्बर ९ को करिब २ सय मत कर्मचारी र नेकपा एमालेका कार्यकर्ता मिलेर गायब गराएको आरोप लगाएका छन् । मुचुल्कामा भन्दा २ सय मत कम भएको र एमालेका उमेदवारलाई वडाध्यक्षमा विजयी घोषणा निर्वाचन समितिले हतार हतारमा गरेको आरोप कांग्रेस–माओवादीको छ ।
९ नम्बर वडाका गायव गरिएका मत राखेर पुन मतगणना हुनुपर्ने उनीहरुको माग छ । उनीहरुले निर्वाचन समितिले यसअघि पनि वडा नम्बर चारमा पनि त्यस्तै गराएको आरोप लगाएका छन् ।
जुलुस निकाल्न तयार रहेका कांग्रेस उमेदवारलाई पराजित घोषणा गरिएको आरोप कांग्रेस–माओवादीको छ । त्यसैगरी ७ नम्बर वडाको पनि परिणाम सार्वजनिक गर्ने क्रममा गम्भीर गल्ती भेटिएको उनीहरुको दाबी छ ।
मेयर उमेदवार रेणु दाहाललाई पछि पार्न यस्तो षडयन्त्र गरिएको उनीहरुको निष्कर्ष छ । पटक पटक ध्यानाकर्षण गराउँदा पनि कर्मचारीले एमालेको पक्षमा काम गरेको उनीहरुको आरोप छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More