चितवन टाइगर्स चितवन टाइगर्स

  • चितवन टाइगर्स
  • चितवन टाइगर्स
  • चितवन टाइगर्स
  • चितवन टाइगर्स
  • चितवन टाइगर्स
  • चितवन टाइगर्स

चितवन टाइगर्सद्वारा तीन भारतीय खेलाडी सहित टोलीको घोषणा

17 December, 2017 11:30 | खेल | comments | 143850 Views

चितवन टाइगर्स

चितवन टाइगर्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि तीन भारतीय खेलाडी सहित टोलीको घोषणा गरेको छ । शनिबार टिमले राजधानीमा पत्रकार सम्मेलन गरी टोलीको घोषणा गरेको हो ।

adsads

टोलीको मार्की खेलाडीका रुपमा यू १९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् । यसै गरि टोलीका अन्य सदस्यमा अनिल मण्डल, दीलिप नाथ, सुनाम गौतम, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, भीम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम, आकाश थापा र गौतम केसी छन् । आकाश थापा चितवनमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन् । त्यस्तै भारतीय खेलाडीमा प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार रहेका छन् ।

उत्तर प्रदेशका प्रविण गुप्ताले ५३ वटा रणजी ट्रफी खेलेका छन् भने दिल्लीका सावेज खान र हरियाणाका प्रमेश कुमारले स्थानीय क्लब स्तरको प्रतियोगिता खेल्दै आएका छन् ।

त्यस्तै टोलीको प्रशिक्षकमा कलाम अली र व्यवस्थापकमा सुवास खकुरेल रहेका छन् । खकुरेल चोटका कारण खेल्न नसकेका कारण उनको भूमिका व्यवस्थापकमा रहेको छ । उक्त कार्यक्रममा चितवन टाइगर्सको जर्सी सार्वजनिक गरिएको थियो ।

टिमको प्रायोजकमा गोर्खा ब्रुअरी, सुर्य नेपाल, यति डिस्टिलरी, सुर्य लाइफ इन्सोरेन्स, सिटिजन बैंक रहेका छन् ।आईडीएस ग्रुप अन्तर्गतको चितवन टाइगर्सले स्तरिय क्रिकेट खेलेर दर्शकहरुलाई सन्तुष्टि प्रदान गर्ने लक्ष्य राखेको छ ।

पुस ३ देखि ११ दिनसम्म चल्ने लिगमा नेपालका छ टिमको सहभागिता रहनेछ । यसमा काठमाडौँ किंग्स इलाभेन, चितवन टाइगर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्याडियर्स रहेका छन् । खेलको विजेताले रु २१ लाख, पदक र प्रमाणपत्र पाउनेछ ।

ललितपुर प्याट्रियट्सद्वारा तीन विदेशी खेलाडी सहित टोलीको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चितवन टाइगर्स

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More