चितवन समाज जापानको अध्यक्षमा राजन श्रेष्ठ सर्वसम्मत चयन

12 August, 2017 23:33 | जापान | comments | 33150 Views

जापानमा रहेका चितवनवासी नेपालीहरुको संस्था चितवन समाज जापानको अध्यक्षमा राजनकुमार श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन।

शनिबार टोकियो स्थित नमस्ते गीतगजल रेष्टुरेन्टमा भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २१ जनाको कार्यसमिति सर्वसम्मत चयन गरिएको छ। यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा अर्जुन अधिकारी उपाध्यक्षद्धयमा  दीपक गौतम र ईश्वरी कँडेल चयन भएका छन।

यस्तै समाजको महासचिवमा हरिचन्द्र पौडेल, सचिवमा सन्तोषबावु चोखाल,सतिस भट्टराई र समर्पण गदेल चयन भए। भने टंकनाथ गैरे कोषाध्यक्षमा चयन हुदाँ सहकोषध्यक्षमा नारायण कँडेल सर्वसम्मत भए।

यसैगरि सदस्यहरुमा राम थापा अनिल, नारायण अधिकारी, शरद गुरुङ, गान्धीकुमार पाठक, सौगात गुरुङ, कमला गैरे, उत्तम पण्डित, विकाश सुबेदी, बिमल कंडेल र विशाल बर्तौला चयन भएका छन।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More