चितवन समाज जापान कान्साई क्षत्रिय समितिद्वारा बनभोज कार्यक्रम सम्पन्न

18 April, 2017 21:44 | जापान | comments | 78300 Views

चितवन समाज जापान कान्साई क्षत्रिय समितिले नेपाली नयाँ बर्षको अबसर पारेर आयोजना गरेको बारबिक्यु तथा बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । 
२०७४ साल बैसाख १ गते पारेर गरिएको सो कार्यक्रम अोसाका को हात्तोरी रियोकुची पार्कमा आयोजना गरिएको थियो ।

बसन्त ऋतुको आगमन सँगै नयाँ बर्षको आनन्द अदभूति गराउन तथा एक आपसमा शुभकामना आदन प्रदान गरि पारस्परिक सम्बन्ध लाई प्रगाढ गर्ने लक्ष्यले आयोजना गरिएको बनभोज कार्यक्रम अत्यन्तै पारिवारीक वातावरणमा सम्पन्न भएको संस्थाका संयोजक मुक्ति राम खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न सँग संस्थाका प्रतिनिधिहरु लगायत कान्साईमा बसोबास गर्दै आउनु भएका नेपाली दाजु भाई तथा दिदी-बहिनीहरुको बाक्लो उपस्थिती रहेको  थियो । 
गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय परिसदका सदस्य तथा चितवन समाज जापानका केन्द्रिय सल्लाहकार तुल्सी राम खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एन आर एन जापानका सल्हाकार आत्माराम शर्मा गैरे बिशेष अतिथी हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा चितवन समाज जापानका केद्रिय सदस्यहरु दिपक गौतम र जनक पाठक को पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सचिव अनुप पौडेलले ले गर्नु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!