चिनीया लगानीकर्ताबाट तीन खर्ब रुपैयाँको लगानी प्रतिबद्धता

17 February, 2017 22:33 | अर्थ | comments | 6000 Views

chinese-invest

विश्वको दोस्रो आर्थिक शक्ति मुलुक नेपालको उत्तरी छिमेकी चीनबाट नेपालमा झण्डै तीन खर्व नेपाली रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

शुक्रबार चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको एक सेमिनारमा चिनीयाा लगानीकर्ताहरुले उक्त रकम बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।

‘नेपालमा लगानीको अवसर’ विषयमा विश्वकै उत्कृष्ट पाँच सय ठूला कम्पनीहरुमा सूचिकृत चिनियाँ कम्पनीहरुलाई सहभागी गराइएको सेमिनारमा वर्षौंदेखि नेपालमा लगानी गरिरहेका कम्पनीहरुदेखि चीनका ख्यातिप्राप्त कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।

नेपालमा लगानी गरिरहेका पावर चाइना, गेजुवा कम्पनी, जेडटिईलगायत चीनकै प्रख्यात चाइना इन्जिनियरिङ कर्पोरेसन, चाइना रेलवे कन्ट्रक्सन कम्पनी, एभिक कम्पनी, युन्नान कन्ट्रक्सन कम्पनी, साइनो पेक, इनर्जी चाइनालगायतका कम्पनीले सेमिनारमा भाग लिएका थिए ।

पूर्व मुख्यसचिव लीलामणि पौडेल राजदूत भएर आएपछि दूताबासले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ । यसभन्दा अगाडि पनि एम्बेसडर फोरमसँग मिलेर दूताबासले नेपालमा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्तालाई लक्षित यस्तै प्रकारको सेमिनारको आयोजना गरेको थियो ।

सेमिनारमा राजदूत पौडेलले सहभागीहरुलाई स्वागत गर्दै नेपालमा चिनियाँ लगानीको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ भित्र नेपाल पनि पर्ने भएकाले नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट क्षेत्र रहेको उहाँको कथन थियो ।

सेमिनारमा नेपालका लागि पूर्व चिनियाँ राजदूत सुन हपिङले नेपालमा लगानी गर्नु चिनियाँका लागि सुनौलो अवसर रहेको बताएँदै आफ्नो कार्यकालमा नेपालमा चिनियाँ लगानी उल्लेख्य बढेको बताउँदै चिनियाँ प्रविधि र पूँजी नेपालको पूर्वाधार क्षेत्रमा अत्यन्त्य अनुकूल रहेको उल्लेख गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More