लिफ्ट लिफ्ट

  • लिफ्ट
  • लिफ्ट

चीनको चमत्कार : बनायो विश्वकै अग्लो लिफ्ट(भिडियो सहित)

30 November, 2017 15:46 | सूचना/प्रविधि | comments | 36300 Views

डेढ मिनेटमै माथि पुगिने

लिफ्ट

संसारमा नयाँ – नयाँ प्रविधिरू उत्पादन भइरहेका छन् । त्यसमाथि चीनले त झन् नयाँ प्राविधिक चमत्कार गर्नमा नाम नै बनाएको छ ।

चीनको हुनान प्रान्तको बाइलंग एलेभेटर विश्वकै अग्लो आउटडोर लिफ्ट हो । पहाडको फेदबाट टुप्पोसम्म पुग्नका लागि यो लिफ्ट उपयोग हुन्छ । यसमा बसेर अद्भुत प्राकृतिक दृश्यहरू हेर्दै टुप्पोमा पुग्न सकिन्छ ।

यो लिफ्ट ३२६ मिटर अर्थात् एक हजार ७० फिट अग्लो छ । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा यो संसारको सबभन्दा अग्लो आउटडोर लिफ्टका रूपमा दर्ता गरिएको छ ।

लिफ्टमा डबल डेक एलेभेटर लगाइएको छ र हरेक एलेभेटरको भारवाहन क्षमता चार हजार ९०० किलोग्राम छ । सबभन्दा महत्त्वपूर्ण कुरा यो लिफ्ट चढेर तलबाट माथि पुग्न १ मिनेट ३२ सेकेन्ड लाग्छ ।

भिडियो-

चीनले बनायो विश्वकै अग्लो स्थानको सुरुङ मार्ग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More