चीन-नेपाल रेलमार्गको खाका तयार, प्राविधिकलाई तालिमको व्यवस्था

21 February, 2018 20:01 | अर्थ | comments | 103200 Views

संविधान जारी भएपछि बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाका पालामा चीनसंग भएको चर्चित पारवहन तथा अन्तरदेशीय रेलवे निर्माण सम्झौता अनुसार नेपाल र चीनबीचको रेलमार्गको खाका तयार भएको समाचार छ ।

अहिले ओलीकै नेतृत्वमा बाम गठबन्धनको सरकार बनेपछि चीन नेपाल जोड्ने रेल योजना अगाडि बढाउन चीनले चासो देखाइरहेको भनिएको बेला सो योजनाको प्रारम्भिक खाका बनिसकेको नेपाली अधिकारीहरूले बताएका छन् ।

adsads

केरुङ हुँदै काठमाडौं, पोखरा र लुम्बिनीसम्म विस्तार गरिने भनिएको उक्त परियोजनाको लागि पौने ३ खर्ब रूपैयाँ लाग्न सक्ने अनुमान चिनियाँ अध्ययनले देखाएको थियो ।

केरुङबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म पुर्‍याउने भनिएको उक्त परियोजनाको ठोस प्रस्ताव दिन चीनले भनिरहेको बताइएको बेला उक्त परियोजनाको लगानी कसले र कुन विधिमा गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले केरुङ काठमाडौं रेलमार्ग निर्माण कुन मोडालिटीमा गर्ने भन्ने विषयमा निर्णय हुनुपर्छ र अरू प्रस्तावको लागि समस्या नभएको बताउनुभएको छ ।

भौगोलिक विकटता, भूकम्पीय जोखिम तथा समुद्र सतहदेखि ५ हजार मिटर माथिको ठाउँबाट १५ सय मिटर तलसम्म आइपुग्नु पर्ने स्थिति जस्ता अप्ठेराहरू सो मार्गसंग जोडिएका छन् ।

तर ती प्राविधिक कठिनाईको समाधान गर्न सकिने बारे चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको हुँदा सो रेल सञ्जाल बन्न सक्ने यातायात मन्त्रालका अधिकारीहरूले बताएका छन् ।

अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग पारवहन तथा अन्तरदेशीय रेल्वेको विषयमा सम्झौता भएको थियो । त्यसपछि एउटा उच्चस्तरीय चिनियाँ टोलीले अन्तरदेशीय रेल मार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

सो टोलीले भौगोलिक रूपमा निकै कठिन मानिएको रेलमार्ग बनाउन करिब पौने ३ खर्ब रुपैयाँ लाग्ने प्रतिवेदन दिएको थियो ।

निर्वाचनमा पहिलो पार्टी बने लगत्तै नेकपा एमालेका अध्यक्ष ओली अचानक केरुङ भ्रमणमा गएपछि कतिपयले त्यसलाई रेल परियोजना अघि बढाउने उनको संकेतको रूपमा लिएका थिए ।

त्यसो त अघिल्लो सरकारले चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजनामा सम्झौता गरेर रेलमार्गको जटिलताा फुकाइदिएको थियो ।

त्यस लगत्तै सम्भाव्य अध्ययन गर्न आएको चिनियाँ पक्षले गत कात्तिकमै नेपाल चीन रेलमार्ग सम्भव रहेको प्रतिवेदन दिएपछि नेपाली प्राविधिकहरुलाई चीनमा रेलसम्बन्धी तालिम दिने तयारी शुरु गरिसकेको छ ।

नेपालसँग रेलमार्ग सञ्चालनको अनुभव नभएका कारण चीनले नेपाली इन्जिनियरहरुलाई तालिम दिन लागेको हो । उनीहरुलाई छिट्टै चीन पठाउने तयारीमा रहेको छ रेल विभाग ।

कात्तिकमा चिनियाँ टोली फर्किएलगत्तै चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनले रेल्वे विभागलाई पत्र लेख्दै प्राविधिक तालिमका लागि प्रस्ताव गर्न आग्रह गरेको थियो । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति जुटिसकेको छ ।

यद्यपि नेपालले चीनसँगको प्रस्तावित रेलमार्ग निर्माणका लागि औपचारिक प्रस्ताव गर्न बाँकी छ । चीनले औपचारिक प्रस्ताव मागेको समाचारहरु पनि सार्वजनिक भएका छन् ।

यद्यपि चीन नेपालसम्म आफ्नो रेल विस्तार गर्न कति आतुर छ भन्ने इन्जिनियरहरुलाई तालिम दिने दिने प्रस्तावले पनि देखाउँछ । दुई मुलुकबीचको भूभाग निकै विकट रहेका कारण सम्भव नभएको तर्क गर्ने गरिए पनि चीनसँग जस्तोसुकै भूगोलमा पनि रेल र सडक निर्माण गरेको अनुभव छ ।

चिनीया रेलले नेपाल छुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More