चुनावविरोधी पूर्वसभासद् रेग्मी सहित १२ जनालाई सार्वजनिक मुद्दा

22 November, 2017 22:36 | जन सरोकार | comments | 17400 Views

पूर्वसभासद् सरला रेग्मीसहित १२ जनालाई काठमाडौं प्रहरीले सार्वजनिक अपराध मुद्दामा अघि बढाएको छ । चुनावविरोधी गतिविधिमा लागेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी मुद्दा अघि बढाएको हो । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओावदीमा आबद्ध भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाका बुबा मणिक लामालाई पनि प्रहरीले मुद्दा चलाएको छ । उनी नेकपासँग आबद्ध थिए ।
पक्राउ पर्ने अन्यमा लक्ष्मी कुमार रायमाझि, लोक प्रसाद गौतम, पुष्प कुमार भण्डारी, जितेन्द्र महर्जन, बसन्तराज भेटवाल, धुव्र केसी लगायत छन् । त्यस्तै पत्ररकाहरु दिपेश शाही र खेमराज थपलियालाई पनि नेकपाकै कार्यकर्ता भएको भन्दै प्रहरीले थुनामा राखी कारबाही अघि बढाइएको छ । सम्भावित घटना रोक्न उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले बताए ।

यो पनि पढ्नुहोस्

राजपाका १२ नेतामाथि सार्वजनिक अपराध मुद्दा : एक वर्ष कैद हुन सक्ने

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More