चुनाव पर्यवेक्षणका लागि जापानी उपविदेशमन्त्री आउँदै

6 December, 2017 10:00 | जापान | comments | 10200 Views

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको पर्यवेक्षणका लागि जापानका संसदीय उपविदेशमन्त्री इवाओ होरीको नेतृत्वमा एक टोली नेपाल आउने भएको छ ।

जापानी दूताबासद्वारा मंगलबार जारी विज्ञप्ति अनुसार बुधबार दिउँसो काठमाडौं ओर्लने उपविदेशमन्त्री होरी नेतृत्वको टोलीले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसअघि प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवलाई भेट्नेछन् ।

त्यस्तै अपरान्ह अन्नपूर्ण होटलमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु, काठमाडौंस्थित कुटनीतिक समुदाय तथा विकास साझेदारहरुबीच अन्तरक्रियामा टोली सहभागी हुनेछ ।

बिहीबार चुनावका दिन विभिन्न मतदान केन्द्रहरुमा पुगेर टोलीले पर्यवेक्षण गर्ने र शुक्रबार स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ ।

जापानका विद्यार्थीहरुको समस्या समाधान दक्षता विश्वमै सर्वोत्कृष्ट : सर्भे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More