चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा फेरि सर्‍यो

17 July, 2017 20:20 | जन सरोकार | comments | 7800 Views

चूडामणि शर्मा

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई हिरासतमुक्त गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ ।

उक्त मुद्दाको पेशी सोमबार (आज) तोकिएकोमा बहस नसकिएकाले भोलि (मंगलबार)का लागि हेर्दाहेर्दैमा राखिएको छ ।  शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती कल्पना शर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सोमबार अधिवक्ताहरु टीकाराम भट्टराई, किरण पौडेल र सञ्जिव रेग्मीले शर्माको पक्षमा बहस गरेका थिए । न्यायाधीशहरु प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशमा उक्त मुद्दा राखिएको थियो ।

यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले विपक्षीको नाममा शर्मालाई थुनामा राख्नुको कारण तथा शर्मालाई समेत आगामी शुक्रबार अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि शर्मा सर्वोच्चमा उपस्थित भएका थिए ।

 रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More