चेल्सीले जित्यो २ खेल बाँकी रहँदै प्रिमियर लिग उपाधि
मिची बाट्सहुईले ८२ मिनेटमा गरेको निर्णायक गोलका कारण वेष्ट ब्रुमलाई १-० ले पराजित गर्दै चेल्सीले २ खेल खेल्न बाँकी रहँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
नेपाली समयअनुसार शनिवार बिहान वेष्ट ब्रुमको घरेलु मैदानमा जितका लागि चेल्सीले निकै मेहनत गर्नु पर्यो। नियमित खेलाडीले गोल गर्न नसकिरहेको बेला अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको ८ मिनेट भित्र खेलको अन्त्यतिर बाट्सहेईले गोल गरेका थिए।
३ करोड ३० लाख पाउण्डमा मार्सेइबाट चेल्सी आएका बाट्सहेई पुरै सिजन खराब फर्मका कारण टिममा स्थान बनाउन संघर्षरत थिए। तर, उनी गएराती प्रशिक्षक आन्टोनियो कोन्टेको खुसीको सबैभन्दा ठूलो कारण बने।
चेल्सीको यो छैटौं प्रिमियर लिग उपाधि हो। ‘द ब्लुज’ ले २ वर्षपछि पुनः उपाधिमा कब्जा जमाएको हो। यसअघि २०१५ मा चेल्सीले उपाधि जितेको थियो। गत वर्ष १० औं स्थानमा रहँदै यो क्लबले सबैभन्दा खराब प्रदर्शन गरेको थियो। यसपालि लिग जित्न चेल्सीले अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटेनहामभन्दा १० अंकको अग्रता बनायो। चेल्सी ३६ खेलमा ८७ अंक जोडेर लिग विजेता बन्यो। उसले अझै २ खेल खेल्न बाँकी छ। टोटेनहामको ३५ खेलमा ७७ अंक छ। सन् २००३ मा रुसी धनाढ्य रोमन इब्रामोभिकले स्टामफोर्ड क्लब किनेपछिको यो पाँचौ उपाधि हो।
उपाधि भन्दा चेल्सी एक खेलले पछि
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी
- ग्लोबल आइएमइ दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनित
- घाँस काट्न गएकी बालिकाको हत्या
- मोरङमा ७ वर्षीया बालिकाको हत्या
- तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी
- बालिका बलात्कार गरेको आरोपमा पाँच वर्षको कारागार सजाय
- दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु
- आइजिपी नियुक्तिपछिका ३ घन्टा सकस, षड्यन्त्र, त्रास र स्टे अर्डर
- भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने
- महानायक हमालद्वारा विद्यार्थी भर्ना
- अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र
- आकस्मिक कक्ष तोडफोड गर्ने युवक प्रहरी खोरमा
- जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
- डेढ दशकसम्म दरबार पुनःनिर्माण भएन
- इन्धनमा कृत्रिम मूल्यवृद्धि स्वीकार्न सम्भव छैन – ट्रम्प
- निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही
- दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा
- ५ जिल्लामा जातीय छुवाछूतविरुद्ध अभियान
- पुटिन ट्रम्पलाई भेट्न तयार – रूसी विदेश मन्त्रालय
- आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


