चैत ९ गते आईटी रोजगार मेला आयोजना हुने

18 March, 2018 15:56 | सूचना/प्रविधि | comments | 27000 Views

आइटी अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने उदेश्य सहित डेर वाकले चैत्र ९ गते डिडब्लुआईटी रोजगार मेला २०१८ आयोजना गर्ने भएको छ। मेला सिफल स्थिति डेर वाक कम्प्लेक्स भित्र आयोजना हुनेछ।

आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई आईटी कम्पनीमा जागिर खाने वातावरण निर्माण गर्नका लागि मेला अयोजना गर्न लागिएको मेलाका प्रबन्धक सम्झना पोखरेलले बताइन् । ‘आइटी अध्ययन गरेका धेरै नेपाली युवाहरु रोजगारबाट वन्चित छन्, रोजगारदाता र सिपका बाबजुत रोजगारीबाट बन्चित भएकालाई मेला मार्फत् रोजगार हुने वातावरण सृजना हुनेछ,’ पोखरेले भनिन् ।

मेलामा आईटी कम्पनीका ३० वटा स्टलहरु रहने छन् । ती स्टलबाट आईटी विद्यार्थीहरुले आईटी कम्पनीहरुको बारेमा जानकारी लिनसक्नेछन् । साथै, स्टलबाटै विद्यार्थीहरुले रोजगारीको अवसर पनि प्राप्त गर्न सक्नेछन् । विभिन्न आईटी कम्पनीका स्टलले विद्यार्थीसँग मेलको समयमै अन्तरवार्त लिएर वा उनीहरुको सर्टिफिकेट जाँच गरेर रोजगारीको अवसर प्रदान गर्ने उनीले बताइन् ।

गत बर्ष पनि डिडब्लुआईटीले रोजगार मेला अयोजना गरेको थियो । त्यस समय स्थाति कम्पनीहरुसँगको सहकार्यमा मेला आयोजना गरिएको पोखरेलले बताइन् । ‘यस बर्षको मेलमा अधिकतम आईटी विद्यार्थीलाई रोजगारीको अवसर सृजना गर्ने हाम्रो लक्ष्य छ, त्यसका लागि नयाँ आईटी कम्पनीहरुलाई पनि मेलामा समावेश गर्दैछौं,’ पोखरेलले भनिन् ।

गत वर्षको मेलाबाट करिब १ हजार २ सय विद्यार्थीले रोजगारी प्राप्त गरेको पोखरेलको दाबी छ । यस बर्ष मेलाबाट अधिकतम विद्यार्थीले रोजगारी प्राप्त गर्न सकुन भने चैत ६ गते ओरेन्टेसन् कक्षाको पनि व्यवस्था गरिएको आयोजकले बताए । मेलामा विद्यार्थीहरु निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

मेलामा स्टल राख्ने कम्पनीहरुका लागि श्रेणी अनुसारको शुल्कको व्यवस्था गरिएको छ । प्याकेज एमा प्रतिस्टलको मूल्य २० हजार रुपैयाँ, प्याकेज बीमा १० हजार रुपैयाँ, प्याकेज सीमा प्रतिस्टल ५० हजार रुपैयाँसम्म तोकिएको छ ।

न्यू आइटीभेन्चरले पोखरालाई स्मार्टसिटी बनाउने : समझदारीपत्रमा हस्ताक्षर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पर्यटकीय पदमार्ग निर्माण शुरु

फेसबुक

पर्यटकीय पदमार्ग निर्माण शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More