चोरीका गहना र नगदसहित तीनजना पक्राउ

23 June, 2018 17:13 | जन सरोकार | comments | 15000 Views

महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन् ।

adsads

यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ ।

पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्रीवितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

फरार अभियुक्त पक्राउ

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More