चौध बर्ष पछिको दशैं : भाग ६ चौध बर्ष पछिको दशैं : भाग ६

  • चौध बर्ष पछिको दशैं : भाग ६
  • चौध बर्ष पछिको दशैं : भाग ६

चौध बर्ष पछिको दशैं : भाग ६(पोखरा घुमघाम)

26 November, 2017 10:26 | जापान , बिचार | comments | 32100 Views

चौध बर्ष पछिको दशैं : भाग ६

विसु भण्डारी – घरमा आमाले पर्खी रहनु भएको रहेछ । खाना खान भनेर पर्खेर बस्नु भएको रहेछ । हामीले त भुटन र लटरपटर खाएर आएकाले भोक नलागेको कुरा गर्दा रिसाउनु भयो ।

हुन पनि घरमा पर्खेर बसेको मान्छे भएपछि फोन भए पनि गर्नु पर्ने थियो । यो कम्युनिकेशन भनेको चिज विश्वकै जुन सुकै कुनामा गए पनि अति आवश्यक पर्ने चिज रहेछ । राम्ररी प्रयोग गर्न सके फलिफाप, नत्र सत्यानाश गर्दो रहेछ भने जस्तो पनि लाग्यो ।

बुवा चाँही कामबाट रिटाएर भै सक्नु भएर, घरका कामकाज गर्ने गर्नु हुँदो रहेछ अनि दिउँसो अलिकति सुत्ने बानी रहेछ, त्यसैले केही समय सुत्न जानु भयो । मलाई यसो बजार तिर घुमघाम गर्न मन पनि लाग्यो, अनि बिन्दासंग यसो पृथ्वी चोक तिर जाम न भनेर कुराकानी गरे । केही बेरमा हामी दुबै जना बजार तिर हिडियो । धेरै पछि सार्वजनिक यातायात ( नगर बस ) चढियो । नेपालको बस धेरै पछि चढेको भएर, डाईभर साहावको स्पिडमा डर लाग्दो रहेछ । बस दौडदै थियो, हामीहरु बसका झ्यालबाट बाहिर हेर्दै, मनोरन्जन लिंदै थियौं । बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल, नेपाली सेनाको पश्चिमान्चल क्षेत्रीय पृर्तना, बिजयपुर पुल हुँदै, रोयल पाम रिजोर्ट, पोखरा औद्योगिक क्षेत्र, अमरसिंह चोक, पोखरा रंगशाला, पुरानो बसपार्क हुँदै, पोखरा बजार पुगियो ।

यो बसको यात्राले पनि विद्यार्थी जिवनको याद दिलायो भन्या, पहिला पहिला दिदिको घरमा जाँदा आउँदा खेरी हजुरबुवाले दिएको ५-१० रुपैयाँले बसको भाड़ा तिरेर, लेखनाथ ( बुढी बजार ) तिर आउने गर्थ्याँ । बल्ल बल्ल बस चढ्न पाएकोले बाहिरका दृश्यहरु मज्जाले हेरी हेरी गैन्थियो । आज बुढी बजारबाट आउंदै गर्दा, ति पुराना दिनहरु फर्किएर आएको जस्तो पनि लागिरहेको थियो । तर पहिला पहिला बुढी बजारबाट पुरानो बसपार्क सम्म आईपुग्दा सबै खेत थिए । अहिले त ति खेतहरु सबै कंक्रिटका घरमा परिवर्तन भएका रहेछन । त्यो परिवर्तन मलाई पटक्कै मन परेन । यो खेतियोग्य जमिन, त्यस माथि सिंचाईजो सुविधा भएको ठाउँ । यहाँ त घर बनाउने नदिने पर्ने हो । हाम्रो सरकारको पनि कमजोरी भएकै हो ।

ख़ैर, त्यसपछि हामीहरु लेकसाईड, ड्याम साईड र डेबिट फल लगायतका ठाउँहरु घुम्न गयौं। पहिला पहिला पैसा नभएर हिडेर आएको याद पनि छ ।

एक ताका विरेन्द्र सरकार राजा हुँदा, पोखरा आउनु भएको थियो । त्यो बेलामा राजा आउने बेलामा विद्यार्थीहरुलाई स्वागत समारोहमा लैजाने गरिन्थो । सिम्पानी बाट रगंशाला हामीहरु हिडेर गैन्थियो । हिडेर फर्केर आइन्थियो । बाल्यकालका ती दिनहरु पनि रमाइला थिए ।

अनि, जहाँ गए पनि आन्तरिक पर्यटकहरु नै धेरै देखे । हाम्रो नेपालमा पनि आन्तरिक पर्यटन फस्टाउदै गरेको जस्तो लाग्यो । एकदम राम्रो कुरा पनि हो । हाम्रो व्यवसाय, हामीले नै राम्रो गर्दै लानु पर्छ । नेपालीहरुले नै नेपाल राम्रो बनाउन सके, हामीलाई के चाहियो र । विदेशी सहयोग सके सम्म लिने नै हैन । आफ्ने पसिनाले बनाउनु पर्छ, आफ्नो पसिनाले बनाए पछि बल्ल माया लाग्छ ।

मलाई लाग्छ हाम्रा नेताहरुले देशलाई माया नगर्ने, यो पसिना नबगाएर हो । विदेशीको सहयोग मात्र ताकेको छ ( आश गरेको छ ) , अनि कहाँ हुन्छ र । आफ्नै पसिनाले बनाएको भए, आफ्नै बल विवेकले काम गर्ने भ, मनैबाट माया लागेर आउथ्यो होला । जे होस अन्तरिक पर्यटक बढेको धेरै राम्रो पनि हो ।

यस्ता कुराहरु मनमा खेलाउदै, बुढी बजार तिर नै फर्कियौ । भोली दशमी भएकाले, तयारी गर्न तिर लागियो ।

क्रमश

चौध बर्ष पछिको दशै : भाग ५ ( घरदेश नै रमाईलो )

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More