चौध बर्ष पछिको दशै : भाग ४

12 November, 2017 11:51 | जापान , बिचार | comments | 10950 Views

विसु भण्डारी नेपालको प्रतिनिधित्व गर्ने एक मात्र अन्तराष्ट्रिय बिमानस्थलको हालत यस्तो छ कि छिमेकी देशहरु कहा पगिसके हामी नेपालीहरु जहाँको त्यही छौं, दिनानुदिन पछाडी धकेलरहेका छौ है … भन्दै बिन्दा संग कुरा गर्दै थिए । पोखरा जाने बिमान पनि आईहाल्यो । हामी दुबै जना बिमान तिर लाग्यौ ।

पोखरा सम्मको हबाई यात्रा करिब २५ मिनेटको मात्र हो । मौसम सफा भएकाले , हिमालयका चुचुराहरु देख्न पनि पाईन्छ कि भनी मेरा दुई आँखाले ती दृश्यहरु हेर्नका लागी तछाड मछाड गरिसकेका थिए ।

केही समयमा हाम्रो नेपाललाई बिश्बमाझ चिनाऊने चुचुराहरु देखिन थाले , बिन्दा पनि रमाईरहेकी थिईन । हुन पनि हो , हाम्रो देश भगबानले मिलाएर , समय लगाएर बनाएको देश नै हुनु पर्छ । यो प्रकृति हेर्दा त्यस्तै लाग्छ ।

तर यी नेता भनाउदाहरु अगतिला र हामी जनता पनि त्यस्तै नेताहरुलाई साथ दिदै , भोट दिदै आए पछि के गर्ने र खै । जब सम्म हामी जनताहरु सचेत हुन सक्दैनौ तबसम्म हाम्रो देश कहिल्यै परिवर्तन हुन सक्दैन । यस्ता कुरा मनमा खेलाउदै , ती हिमालहरु हेरीरहेको थिए ।

अनि हामी भन्दा अगाडीको सिटमा एक जना बुबा , आमा र एक जना बालक हुनुहुन्थ्यो , ती बालक सायद उहाहरुको नाती हुनुपर्छ ।

उहाँहरु बाहिर देखिएका राम्रा हिमाल हेर्न छोडेर , एयर होस्टेसलाई बोलाई बोलाई आफुहरुको फोटो खिच्दै हुनुहुन्थ्यो । ती बालक पनि रमाईलो अनुहार गर्दै , हजुरबुबा यो हेर्नु न , त्यो हेर्नु न भनी बिमान बाहिरको दृश्य देखाईरहेका थिए । त्यो बालक देख्दा मलाई , म १४ बर्ष हुदा खेरी हुनुपर्छ , पहिलो पटक बिमान चढेको याद आयो ।

सम्भबत ति बालक पहिलो पटक बिमान चढेको हुनु पर्छ । मलाई पनि केही बेर बाल्यकालमा फर्किन मन लाग्यो । जती उमेर ढल्दै गयो , त्यती आफ्नो थाप्लोको बोझ ( ज़िम्मेवारी ) बढ़दै जादो रहेछ , बाल्यकालमा भएको भए रोईदिए भयो , कराईदिए भयो ,कति रमाईलो थियो है , भने जस्तो पनि लागिरहेको थियो । त्यही बाल्यकालमा फर्किन पाए भने जस्तो पनि लागिरहेको थियो । ख़ैर , ती बालकले गर्दा यो काठमाडौ बाँट पोखराको यात्रा पनि सुमधुर हुनपुग्यो । ती बालक संग धेरै आभारी छु ।

मनमा यस्ता कुराहरु खेलाउदै गर्दा पोखरा पनि पुगिहालियो । पोखरा झर्न पाएको छैन , मन नै रमाएर आयो । आख़िर आफु जन्मेको ठाऊँ भनेको फरक हुदो रहेछ । हामीलाई लिन बुबा आउनु भएको थियो । बुबालाई धेरै नपर्खाउनको लागी हामीहरु छिटो छिटो लगेज लिएर गेट तिर पुग्यौं । २ बर्ष पछि बुबालाई देखे , बुढो भै सक्नु भएछ , माया लागेर आयो । मन मनै कति बिदेश बस्ने नेपालमा आफ्नो बुबा आमा संग बस्न पाए भने जस्तो पनि भयो ।

बुबाले ट्याक्सी रोक्नु भयो अनि हामीहरु घरतिर लागियो । ट्याक्सी बिमानस्थलबाट पृथ्वीचोक हुदै पुरानो बस पार्क तिर मोडियो । मैले बुबालाई सोधे , सिम्पानी जाने त न्युरोड तिरबाट हैन र ? । बुबाले भन्नु भयो , लेखनाथ ( बुढी बजार ) तिर बसाई सरेको बिर्सिईस ?

त्यस पछि बल्ल मलाई सम्झना आयो , हामीहरु बुढी बजारमा बसाई सरेको भनेर । केही बर्ष पहिला हजुरआमाको देहान्त पछि हाम्रो बुबाहरु तिन जना छुट्टिई , सिम्पानीको घर बेच-बिखन गरी , एक जना काठमाडौ जानु भयो , एक जना लेकसाईड र हामीहरु लेखनाथ ( बुढी बजार ) गएका थियौ । अहिले बन्दै गरेको पोखरा अन्तराष्ट्रीय बिमानस्थलको ठ्याक्कै पारीपट्टी हाम्रो नया घर पर्दो रहेछ । यो घरमा म पहिलो पटक गएको भएर मलाई पनि थाहा थिएन ।

यो बुढीबजार भन्ने ठाउं , पहिला खेतैखेत थियो , फुपुदिदिको घर यतै भएकाले पहिलापहिला आउदा , जुका लागेको आज पनि याद छ । अनि रात परेपछि जुनकिरीले आगननै झलमल्ल गरिदिन्थ्यो । अहिले त्यो ठाउमा त घरै-घर भएछन। पोखरामा पनि आबादी बढेछ जस्तो लाग्यो । पोखरा महानगरपालिका भएको कारण पनि त्यही हो की ।

घरमा पुग्दा आमा र बहिनी लाई देखे । आमा खुशी हुनु भयो । धेरै पछि छोरा बुहारीलाई देखेर होला मख्ख पर्नु भएको थियो ।

रमाईलो प्रसंग , म जापानबाट नेपाल हिडदा , नेपाल पुग्ने बितिक्कै मजालें सुत्ने हो जस्तो लागेको थियो तर पोखरा आफ्नो घर पुग्ने बितिकै , अहिले सम्मको थकाई सबै भुली , उल्टो झन तागत आए जस्तो पो भयो त । अदृश्य शक्ती केही हुनुपर्छ । अनि यो पोखराको प्रकृति नै यस्तै छ , सबैलाई लोभलाग्ने बनाइदिई हाल्छ । हरिया बन जंगल, खेत बारी माछापुच्छ्रे, छर्लंगै, फेबाताल , बेगनास तालको छेउमा बस्दा अर्कै आनन्द आउदो रहेछ ।

अनि एउटा गितको सम्झना आयो । राम कृष्ण ढकालको ” बिहान उठने बितिकै , हिमाल देख्न पाईयोस , यी हातले सधै सधै नेपाल लेख्न पाईयोस ” । यस गितमा भएका शब्द झै बिहान उठदा हिमाल देख्न पाईयो । यो आफ्नो जन्मभुमी भनेको जन्मभुमी नै हुदोरहेछ । एक पटक यहाँ टेक्ने बितिक्कै , आजसम्मका दुख , आजसम्मका पिडा र आजसम्मका मर्का सबै भुलिदो रहेछ । अनि बर्षमा एकै पटक किन नहोस आफ्नो घरमा टेक्नु पर्ने रैछ जस्तो पनि लागेर आयो ।

हामीहरु बिदेशमा दिनहु धेरै दुख गरिरहेका छौ , आफ्नो देश , आफ्नो जन्म थलोंको बसाई त्यो केबल एक दिन मात्रको बसाई किन नहोस , त्यसले साचिकै त्यो बेला सम्मको नराम्रा याद , दुख र पिडाहरु भुलाई दिदो रहेछ । यस्ता कुरा गर्दा गर्दै , आमाले खाजा बनाई सक्नु भएछ । हामी सबै जना खाजा खान तिर लाग्यौ ।

मैले लगभग बिर्सिसकेको थिए , हाम्रो घरमा तरकारीमा नुन , चियामा चिनी ट्वाक्क आउनु पर्दो रहेछ । मेरो जापान बसोबास लामो भएकाले मैले लगभग बिर्सिसकेको थिए । प्राय जापानमा फिक्का जस्तै कम गुलियो , कम नुनिलो र कम चिल्लों खाने गरेको कुरा आमालाई बताईहाले ।

हुन पनि यो ट्वाक्क पारेर खाएको खाना खादा केही समय मिठो त हुन्छ तर स्बास्थलाई त्यती राम्रो हुदैन , हैन र ।

त्यसपछि सोफामा बसी बुबालाई आमालाई लिएर आएको कोसेली पनि दिईहाले । मलाई थाहा थिएन , बुबालाई कालों रग मन पर्दों रहेनछ , कालों रगको टिसर्ट मन पराउनु भएन । यो बुबा आमा संग छुटिएर बेग्लै बस्दा धेरै कुराहरु बिर्सिदो रहेछ । मैले पनि थाहा भएको भए कहा लिएर आउथे र ।

घरमा प्रयोग गर्नको लागी केही काम गर्न सजिलो गराउने सामान पनि लिएर आएको थिए । अनि जापानबाट केही चाउचाउ , मिसों , मायोनेज , जापानको चामल लगाएतका समानहरु पनि लिएर गएको थिए । जापानको चामल लिएर आएको कारण चाही , जापानको चामल र नेपालको दुधमा खिर सारै राम्रो बन्छ भनेर एउटा साथीले भनेको थियो त्यही भएर पनि लिएर गए ।

जापानमा पाईने साधारण चिजहरु पनि नेपाल सम्म पुग्दा ठुलो चिज हुदो रहेछ । आउने बर्षमा पहिला नै तयारी गरि सामानहरु लिएर जाउं जस्तो लागिरहेको छ ।

अनि बेलुका तिर घर छिमेक तिर घुमघाम गर्न तिर लागियो । ख़ास मेरो जन्म चाही बगर सिम्पानीमा भएको थियो , पोखरामा बस्दा सम्म खेरी त्यहा नै थिए । जती पनि यादहरु छन सिम्पानीकै छन । त्यही भएर अहिलेको नँया घरमा खासै याद पनि छैन र बरिपरि साथीहरु पनि हुने कुरा आएन ।

तर हाम्रो काकाहरु , फुपु दिदिहरुको घर नजिकै रहेछ । त्यसैले जापानबाट लिएर आएको मिठाई लिएर बुबा सगै काका लगाएत दुइ जना फुपु दिदिहरुकोमा गईयो । धेरै पछि आफ्नो भाईलाई देख्दा दिदिहरु पनि दन्ग परिरहनु भएको थियो ।

मैले माथी पनि लेखेको थिए , आफ्नो घर परिबार संग बस्दाको आनन्द भन्दा ठुलो अरु केहि पनि हुदो रहेनछ , त्यो अमेरिका , जापान नै किन नहोस । अलि अलि महसुस हुदै आई रहेको छ ।

यो पनि पढ्नुहोस : चौध बर्ष पछिको दशै भाग ३ 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More