चौध बर्ष पछिको दशै : भाग ५ ( घरदेश नै रमाईलो )
विसु भण्डारी -फुपु दिदीहरुकोमा गए पछि चिया बाट सुरु भएर खाजा र अन्तिममा खाना सम्म पुगियो । नेपालमा त काम नै नगरी , आज एक जनाकोमा , भोली अर्काकोमा गए पनि जिन्दगी बित्छ की क्या हो (हाहा) भने जस्तो पनि लागिरहेको थियो ।
यो बिदेश लामो समय बसे पछि जे कुरा पनि बिदेश संग तुलना गरिदोरहेछ । कुनै चालचलन बिदेशको ठिक त कुनै चालचलन नेपालको नै ठिक । स्पस्ट भन्नु पर्दा हामीहरु नेपालमा जन्मेको , यहिँ हुर्केको भएर होला । नेपाल नै रमाईलो लाग्छ तर बिदेशमा जन्मेको र हुर्केको मानिसको नजरबाट सोच्ने हो भने , नेपालमा बसोबास , कामकाज गर्न गाह्रोनै हुन्छ होला , बानी परिसके पछिको कुरा त छुट्टै भयो ।
दुबै फुपु दिदीहरुकोमा खाजा खाना खादा पेट डम्म भइसकेको थियो । अनि पोखरामा बेलुका भए पछि पानी परि हाल्ने भन्या । हेर्दा हेर्दै मुसलधारे पानी पनि परिहाल्यो । बिदेशमा भएको भए मौसम बिबरण पहिला नै हेरेर , पानी पर्ने भए पहिला नै छाता लिएर जानुहुन्थ्यो । नेपालमा यो सुबिधा पनि पाईएन । ८-९ बजे सम्म पानी निधो हुन्छ कि भनी कुरेर बस्यौं तर निधो हुने छाँट नदेखे पछि , रुझेर भए पनि घर फर्किने निर्णय गर्यौ ।संयोगबस त्यही बेला ठ्याक्क आमाले फोन गर्नु भयो र छाता लिएर आउनु भयो ।
आमाले छाता लिएर आए पछि , टर्च लाईट बाल्दै घर तिर लागियो । फेरी चट्यांग पनि परिरहेकोले अलि डर पनि लागीरहेको थियो । बिदेशीभुमीले डरपोक बनाईसकेछ पत्तै पाईएन । बुबा , आमा , संग कुरा गरिगरि घर तिर फर्कियौं । अनि धेरै पछि भेट भएकाले सबै परिबार सगै बसी कुराकानी गर्न तिर लाग्यौ । रमाईलो कुराकानी चलिरहेको थियो । मलाई कुरा गर्दा गर्दै निद लागेर आयो , फेरी लामो यात्राले गर्दा थाकेर पनि होला ।
त्यस पछि म त कति चाडो सुतिहालेछु पत्तै पाईएन । भोली बिहान चाही ५ बजे तिर आखा खुल्यो , अनि उठने बितिक्कै बाहिर गएर हिमाल हेर्न तिर लागे । माछापुच्रे , अन्नपूर्ण लगायतका हिम चुचुराहरु छर्लन्गै देखिएका थिए । अझ केही समय पछि सुर्यदय भयो , त्यस पछिका हिमालहरु अझ राम्रा , चम्किला देखिए । पोखरा त स्बर्ग नै हो भने पनि फरक नपर्ला ।
त्यस पछि आमा , बहिनी , बुबा र सबैजना उठ्नु भयो । आमा चिया पकाउन तिर लाग्नु भयो । म चाही नुहाउन तिर लागे । यो पोखराको पानी के सारै चिसो हो , राम्ररी – बिस्तारै झ्याम्झुम नुहाएर सकाएं । जापानमा तातों पानीले नुबाउने गरेकाले बानी बिग्रिएको हुनुपर्छ ।
त्यस पछि चिया खाएर , घर छेउको छिमेकी ठुलो बुबाकोमा गईयो । आज खसी काटने योजना रहेछ , बुबाले दुइ खुट्टा लिने भन्नु भएको रहेछ । मलाई त्यती मासु मननपर्ने , अनि यो मारकाट मलाई मन पनि पर्दैन । त्यही भएर मार हान्ने बेलामा नजिक परिन । पछि छिमेकी ठुलो बुबाले पनि बोलाउनु भयो , अनि गए । सबै जना मिलेर भाग लगाउन लाग्नु भएको रहेछ । त्यो देख्दा मलाई फेरी बाल्यकालको याद आयो ।
हजुरबुबा हुदा खेरी , हाम्रो घरमा दिदिहरु , काकाहरु सबै जम्मा भई , एउटा सग्लो च्याङ्ररा लिएर , घरमा मार हान्ने मान्छे बोलाएर , सबै काम आफ्नै घरमा गरिन्थ्यो । त्यो च्याङ्ररा किन्न टुडिखेल गएको , घरमा आएर हजुरबुबालाई सघाएको , भुटन बनाउन हजुरआमालाई सघाएको याद आउन थाले । हुन पनि त्यो बेलामा बर्षमा एक पटक भए पनि सबै जना एउटै घरमा जम्मा हुने , दशैमा नया नया कपड़ा पाईने . सारै रमाईलो थियो ।
ज़िन्दगीका रमाईला क्षण कुन बेला हो भनेर कसैले सोध्दछ भने , मैले बाल्यकाल भनेर उत्तर दिन्छु बोला सायद ।
ख़ैर , मासुको काट कुट , बांड फाड़ सकाएर । केही छिन त्यही बसी खाजा खान तिर लागियो । त्यो घरका सानो छोरा पनि बिदेश ( अस्टेर्लिया ) मा हुनु हुदो रहेछ । घरमा जेढो छोरा – बुहारी बस्नु हुदो रहेछ । हाम्रो बुबाको जन्म थलों धम्पुसको हुनु हुदो रहेछ । ३६ साल तिर धम्पुसको जग्गा जमिन बेचेर , लेखनाथ झर्नु भएको रहेछ ।
बुबा पनि पुराना कुरा कानी गर्दै हुनु हुन्थ्यो । अब हामी बुढो भै सक्यौ , त नेपाल फर्केर आए पछि , तिमीहरुनै त भयौ , दाजु – भाई , ल परिचय गर भनेर भन्नु भयो । हामीहरुले आ-आफ्नो परिचय दियौ । पछि नेपाल फर्के पछि रमाईलो गर्नु पर्छ भनी , बुबा र म घर तिर फर्किन लाग्यौ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- ‘द डार्कनेस बेकन’को ट्रेलरमा भूकम्पको पीडा(ट्रेलर सहित)
- गायक टंक बुढाथोकीको नयाँ गीत “अल्लारे जोवनमा” सार्वजनिक(भिडियो सहित)
- अपराध नियन्त्रण पहिलो प्राथमिकता : महानिरीक्षक खनाल
- युगान्डामा मृत्यु भएका बुढाथोकीका परिवारलाई २३ लाख क्षतिपूर्ति
- बैंगलोरलाई हराउदै चेन्नई आइपिएलको शीर्ष स्थानमा
- एमाले सांसद नविना लामाको विवाह आज
- प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने
- च्याम्पियन्स लिग : रियलद्वारा बायर्न २-१ ले पराजित (हाईलाइट्स भिडियो)
- विवादका कारण केएफडब्लू पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट बाहिरियो
- जोर्डनमा बलात्कृत भएर फर्किएकी धनमायाको सहारा बन्यो सहारा
- भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे रु ५० हजार फिर्ता गर्नुपर्ने
- सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी
- बाबु हुनु त यस्तो…
- झापामा औलो रोगी घटे
- जबर्जस्ती करणीको फैसला उल्टियो
- गायक टंक बुढाथोकी को नया गीत “अल्लारे जोवनमा…” सार्वजनिक
- आगलागीबाट तीन घर नष्ट
- संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह
- सुन तस्करीको जालो : सातामा डेढसय किलो तस्करी, एक चिनियाँ नागरिक पक्राउ
- पोलिटेक्निकका लागि निःशुल्क ७० रोपनी जग्गा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


