छठ तराईबाट पहाड उक्लिए पनि तराईमा भने विभेद कायमै

27 October, 2017 12:03 | जन सरोकार | comments | 39750 Views

नेपालमा एक दशक अघिसम्म धार्मिक सहिष्णृता थियो । जातीय सद्भाव थियो, क्षेत्रीय र भेगीय कुरा त कसैको मनमा पनि थिएन । यसकोअर्थ विभेद थिएन भन्ने हैन । त्यतिबेला पनि थियो र अहिले पनि कायमै छ ।

जब मुलुकको राजनीतिमा अभूतपूर्व परिवर्तन आयो तब अधिकारका नाममा धार्मिक, सांस्कृतिक, जातीय, क्षेत्रीय विभेदको नारा घन्कियो । संविधान निर्माणका क्रमसम्म यो जारी थियो । अहिले विस्तारै विगतकको सहिष्णुता फर्कन थालेको छ ।

यसको एउटा उदाहरण बनेको छ छठ पर्व । परापूर्वकालदेखि तराई मधेशमा मनाइँदै आइएको लोकपर्व छठ पछिल्लो समय लोकप्रियता बढेर देशव्यापी बनेको छ ।

अहिले राजधानी  र पोखरामा मात्र नभई कतिपय ठाउँका मुुस्लिम समुुदायले पनि उत्साहका साथ छठपर्व मनाउन थालेका छन् । तर तराई मेधशमै छठपर्वमा जातीय विभेद भने कायमै रहेको देखिएको छ ।

यति हुँदाहुँदै पनि सरकारबाट छुुवाछूुत अन्त्यको घोषणा भइसकेको अवस्थामा पनि शहरी क्षेत्रबाहेक ग्रामीण स्थानमा भने छठपर्वमा अहिलेसम्म पनि जातीय विभेद भने कायमै रहेको छ ।

तराईका जनताले अधिकार पाएनन् भनेर सिंहदरबारसंग कुस्तीखेल्नेहरुले यस दिशातिर पटक्कै ध्यान दिएका छैनन् । आफूलाई मधेशी बुद्धिजीवी र अभियन्ता ठान्नेहरुले पनि तराईको ठूलो समस्या विभेद अन्त्यका लागि पहल थालेको पाइदैन ।

एउटा उदाहरण– रौतहटको कटहरिया नगरपालिकाको कटहरियागाउँ, बजारटोल, बहादुुरपुुरटोल, टोलापुुरका करिब पाँचसय परिवारका व्रतालुु लालबकैया नदी छेउमा दशकौंदेखि छठीपर्व मनाउँदै आएका छन् । परम्पराअनुुसार लगानी सानो ठूुलो भए पनि पर्व भन्ने सबैले एउटै ढंगबाट मनाउँदै आएका छन् ।

वर्षैभर अथवा सधैं एकैस्थानमा बस्ने भए पनि छठपर्व मनाउन छुुटाछुट्टै ठाउँको प्रयोग गर्ने गरिन्छ । पानी नचल्ने भनिएका दलितमध्येका जातजातिको छुुट्टाछुुट्टै मण्डप रहेको छ भने अल्पसंख्यक, पिछडा वर्ग र बहुुसंख्यकको छुुट्टै पर्व मनाउने मण्डप देखिएको छ ।

त्यसैगरी, बजारटोलको भने त्यसभन्दा फरक अर्थात् सबै व्रतालुुको एउटै मण्डप रहेको छ । संयुुक्त मण्डपमा बजारका व्रतालुु सबै एकैठाउँमा बसेर छठपर्व मनाइरहेका छन् भने दलित र अल्पसंख्यक छुुट्टाछुुट्टै मण्डपमा बसेर पर्व मनाइरहेका छन् ।

कटहरिया–४ चमारटोलका भुुटा महरा चमारका छोरा रामाशंकर आफ्ना जातिका व्रतालुुहरू धेरै समयअघिदेखि नै अलग मण्डप बनाएर पर्व मनाउँदै आएकाले सोही परम्परालाई कायम राखेको बताउनुुहुुन्छ ।

दलितमध्येका बिन्दादेवी धनकारले अन्य जातिसँग बसेमा छुुवाछूुत हुने भएको कारण आफूुहरू थोरै संख्यामा भए पनि छुुट्टै बसेर पर्व मनाउँदै आएको बताउनुभयो ।

कटहरियामा तीन कार्यकाल गाविस अध्यक्ष रहिसकेका पूुर्व गाविस अध्यक्ष जादोलाल महतोले छठपर्वमा जातीय विभेद प्रजातन्त्रपछि आएको बताउनुुहुुन्छ ।

उहाँका अनुसार पञ्चायतकालमा कटहरियाका सबै जातजातिका व्रतालुु एकै मण्डपमा छठपर्व मनाउँथे तर, प्रजातन्त्रपछि छुुवाछूतको कुुरा चलेकाले सबै अलग अगल मण्डप बनाएर पूजा गर्ने चलन सुुरु भएको हो ।

लालबकैया नदी किनारमा अलग अलग जातिले १० वटा मण्डप बनाएर पर्व मनाइरहेका छन् । आठ–दश फिटको दूरीमा दलित सरभंग, चमार, धनखार, धोबी, तत्मा, डोम, कुुम्हार जस्ता जातिले अलग अलग मण्डप बनाएका छन् भने कोइरी, नुुनिया, सोनार, कलवार, तेली, यादव, बाहुुन, बनियालगायतका जातजाति एउटै मण्डपमा बसेर पूजा गरिरहेका छन् ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुुशवाहा छठपर्व लोकपर्व रहेको र परम्परादेखि सबै जातजाति अलग अलग बसेर मनाइँदै आइएकाले त्यसले कतै न कतै जातीय विभेदलाई झल्काएको स्वीकार्नुहुन्छ ।

पूर्व शहरी विकासमन्त्री प्रभुु साह छठ पर्वमा देखिएको जातीय विभेद क्रमशः शहरबाट हट्दै गएको र आउँदा दिन ग्रामीण भेगबाट त्यो समस्या हट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

कटहरिया नगरपालिकामा मात्र यस्तो जातीय विभेद कायम रहेको नभै मधेशको रौतहट, बारा, पर्सालगायत प्रायः सबै जिल्लाका ग्रामीण भेगमा यो समस्या रहेको छ ।

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!