Monday 23, January 2017
नेपाली समय: 02:14:48
जापानी समय: 05:29:48

छाउपडी प्रथाको अन्त्य गर्न आग्रह

11 January, 2017

download-66पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई जाजरकोट पश्चिमका महिलाले छाउपडी गोठमा बस्न बाध्य पार्ने चलनको अन्त्यका लागि पहल गर्न आग्रह गरेका छन् ।

 मजकोटको साना खोलामा भएको आमसभामा पुगेका महिलाले ज्ञापनपत्र बुझाउँदै छाउगोठको अन्त्यको माग गरेका हुन् । आफूहरु लामो समयदेखि महिनावारी र सुत्केरी हुँदा छुट्टै गोठमा राखी अर्कै दर्जाको नागरिक बनाएको भन्दै यस्तो कुप्रथाको अन्त्य गर्न विशेष कार्यक्रम ल्याउन नेता बस्नेतसँग माग गरेका हुन् ।

देवी देवता रिसाउने भन्दै महिलामाथि गरिएको यस्तो ज्यादती छिटो बन्द गर्न माग गरिएको हो । जिल्लाका मजकोट, गर्खाकोट, कोताग र दह गाविसमा अझै छाउपडी प्रथाका कारण महिलाले पीडा खेपिरहेको मजकोटका स्थानीय अधिकारवादी काशीराम न्यौपानेले बताउनुभयो ।

त्यस्तै छेडा, चादे हुँदै जुम्जा जोड्ने सडक निर्माणमा तीव्रता दिन र स्वास्थ्य संस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको पहल गर्न माग गरेका छन् । टेलिफोन टावर नहुँदा अहिलेको जमानामा पनि फोन गर्न नपाएको भन्दै छिटो निर्माणका लागि पहल गर्न बस्नेतलाई माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै बस्नेतले सबै कुराको सम्बोधनका लागि आफू लागिपरेको आश्वासन दिए । जाजरकोट डोल्पा सडक निर्माण, पर्यटन प्रवद्र्धन अनि रेडपान्डाको संरक्षण र चाखुरे पर्यटनका लागि बजेट विनियोजन गरी काममा तीव्रता दिएर स्याबासी पाएका बस्नेतलाई थप काम गर्न जनताले ध्यानाकर्षण गराएका छन् ।

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads