मृत्यु मृत्यु

  • मृत्यु
  • मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

17 December, 2017 20:17 | जन सरोकार | comments | 23250 Views

मृत्यु

टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज(आइतबार) पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा बसमा सवार छ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै कैलालीको घोडाघोडी नगरपालिका–९को फाराम गाउँको एक कच्ची घरमा गए राति आगलागी हुँदा जलेर ७५ वर्षीया मन्धरा धामीको मृत्यु भएको छ । आगलागी हुँदा घरमा उहाँबाहेक अन्य कोही थिएनन् ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More