छ महिनामा दुईसय आठ चेलीको उद्धार

28 August, 2015 22:51 | जन सरोकार , मुख्य समाचार | comments | 6900 Views

rescueमाइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २०८ जना चेलीलाई उद्धार गरेको जनाएको छ ।

सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट २५० जना चेलीलाई उद्धार गरिएको माइती नेपालले शुक्रबार एक कार्यक्रममा जानकारी गराएको छ ।

माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु वर्षमा ७८ जना चेली हराएको निवेदन आएकोमा ४० जना फेला परिसकेको जानकारी दिँदै तीन जना बलात्कारका कारण पीडित बनेका, एक जना चेलीका पीडकलाई १६ वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिनुभयो ।

माइती नेपाल काँकडभिट्टाको पुनःस्थापना केन्द्र ४० जनाको क्षमता रहेकोमा हाल पाँच जना चेली रहेको बताइएको छ । असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको काँकडभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको सो संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाइगुडी, मुम्बैलगायत भारतका अन्य सहर र बङ्गलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More