जङ्गली च्याउ खाँदा तीन बिरामी जङ्गली च्याउ खाँदा तीन बिरामी

  • जङ्गली च्याउ खाँदा तीन बिरामी
  • जङ्गली च्याउ खाँदा तीन बिरामी
  • जङ्गली च्याउ खाँदा तीन बिरामी
  • जङ्गली च्याउ खाँदा तीन बिरामी
  • जङ्गली च्याउ खाँदा तीन बिरामी
  • जङ्गली च्याउ खाँदा तीन बिरामी

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

17 July, 2018 17:32 | जन सरोकार | comments | 12900 Views

जङ्गली च्याउ खाँदा तीन बिरामी

जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज(मंगलबार) बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।

adsads

सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा आज बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसअघि जंगली च्याउ खाएर गम्भीर बिरामी अवस्थामा उपचाररत घोराही–१९ कै पाँच वर्षीया बालिका प्रशंसा घर्तीको असार २९ गते कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका तीनजनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैँ आधा दर्जन जतिले बाँकेमा उपचार गराइरहेको प्रहरीले जानएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जङ्गली च्याउ खाँदा तीन बिरामी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More