जनचाहना अनुसार बजेट आएको छः मुख्यमन्त्री राई

26 June, 2018 11:04 | प्रदेश , प्रदेश १ | comments | 37200 Views

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई छिमेकी राष्ट्रसँग व्यापार विस्तार गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ ।

झापाको भद्रपुरमा सोमबार समाजसेवी स्व देवीप्रसाद उप्रेतीको २६ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ को भारत र चीनसँग जोडिएको सीमा क्षेत्रमा थप व्यापारिक नाका विस्तारका लागि प्रदेश सकार लागेको जानकारी दिनुभयो ।

adsads

मुख्यमन्त्री शेरधन राईले भन्नुभयो, “आर्थिक समृद्धिका लागि नेपाली उत्पादन विदेश निर्यात गर्नु आवश्यक छ, त्यसका लागि मुख्य नाकासँगै अन्य नाका पनि स्थापना गर्नुपर्छ, प्रदेश सरकार अहिले त्यसको तयारीमा छ ।”

पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसोलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले भारत, चीन, बंगलादेश, भुटानलगायत देशमा त्यस्ता उत्पादनलाई निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, “त्यसका लागि अहिलेको नाका मात्र पर्याप्त छैन, नाका विस्तार जरुरी छ ।” जनताको चाहनाअनुसार बजेटमार्फत नीति तथा कार्यक्रम आएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा स्व उप्रेतीको नाममा स्थापित साहित्य, शिक्षा र पत्रकारिता विधामा तीन जनालाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा साहित्यकार होमनाथ अधिकारी, शिक्षासेवी उमानाथ ओली र पत्रकार तारामणि सापकोटा हुनुहुन्छ ।

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More