नेपाल आदिवासी जनजाति महासंघ जापान नेपाल आदिवासी जनजाति महासंघ जापान

  • नेपाल आदिवासी जनजाति महासंघ जापान
  • नेपाल आदिवासी जनजाति महासंघ जापान
  • नेपाल आदिवासी जनजाति महासंघ जापान
  • नेपाल आदिवासी जनजाति महासंघ जापान
  • नेपाल आदिवासी जनजाति महासंघ जापान
  • नेपाल आदिवासी जनजाति महासंघ जापान

जनजाति महासंघ जापानको अध्यक्षमा लिम्बू

13 March, 2018 09:51 | जापान | comments | 35700 Views

नेपाल आदिवासी जनजाति महासंघ जापान

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ महाधिवेशन सम्पन्न भएको छ ।

टोकियोमा आइतवार आगामी दुई वर्षको लागी नव कार्यसमिति सर्वसहमती चयन गरी जनजाति महासंघ जापानको महाधिवेशन सम्पन्न गरेको हो ।नेपाली राजदूतावास जापानका पूर्व राजदुत तथा जनजाति अग्रज नेता डाक्टर गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसमा अध्यक्ष सुमन लिम्बू, सह-अध्यक्ष सुकमान थिङ तामाङ्, उपाध्यक्षहरूमा हर्क गुरुङ्, देबी बहादुर इङ्नाम्, पेम्वा शेर्पा, रित राना मगर, कर्मा वाङ्गेल लामा, गेलू शेर्पा, महासचिव शान्त पहरी, उप-महासचिव भेषराज चेम्जोङ्, सचिवहरू दावा शेर्पा, रमेश राना मगर, हिमाल लामा, कोषाध्यक्ष सोममाया गुरुङ ,सह-कोषाध्यक्ष शान्ति लामा, रहेका छन् ।

त्यस्तै प्रवक्तामा श्री गुरुङ्, सदस्यहरूमा हेमन्त शेरचन,बसन्ती गुरुङ ,मनोज घले ,कनैलाल चौधरी,प्रकाशलाल श्रेष्ठ,रेशमकुमार थामी,बिजय राई,नमदाहाङ राई ,मनकुमार तुम्सा,रीना तिगेला,सूजन मादेन लिम्बूलाई सर्वसहमति चयन गरेको छ ।

जापानस्थित विभिन्न संघसंस्थाको उपस्थितमा सम्पन्न महाधिवेशनमा राजनीतिक पार्टीको प्रवासी संगठनहरूको आतिथ्यता रहेको थियो ।दुई चरणमा सम्पन्न उक्त महाधिवेशनले संस्थाको विधान संशोधन, आगामी कार्यक्रम र आगामी दुई वर्षे कार्यकालको लागि नेतृत्व चयन गरेको छ । संस्थाका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व सम्पन्न महाधिवेशनको बन्दसत्र हर्क गुरुङ र घोषणा सभा भेषराज चेम्जोङ्ले संचालन गरी सम्पन्न भएको थियो ।

आदिवासी जनजाति महासंघ जापानको अधिवेशन मार्च ११ मा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल आदिवासी जनजाति महासंघ जापान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More