Thursday 27, April 2017
नेपाली समय: 11:01:16
जापानी समय: 02:16:16

जनताले धेरै काम गरेकाले आलोचना खेप्दै जापान सरकार

21 April, 2017

जनताले धेरै काम गरेकाले आलोचना खेप्दै जापान सरकार

जापानमा वर्क लाइफ यानी कामको समय अथवा निजि जीवनमा तालमेल जस्ता केही अवधारण छैन् । यस कारणले जापानमा कामको बोझले गर्दा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दो छ ।

हरक वर्ष जापानका हजारौं मानिसहरु जरुरत भन्दा बढि काम गरेको पाईएको छ भने यसै कारणले गर्दा उनीहरुको मृत्युको कारण बन्ने गरेको पाईन्छ ।

यस्तो स्थितिलाई जापानमा  कारोशी भन्निछ जुन जापान सरकारको लागि नयाँ समस्या बन्दै गएको छ । जापान सरकारले महिनामा सय घण्टा भन्द अधिक समय काम गर्ने नपाउने नियम लागु गरे पनि त्यति प्रभावकारी भने हुन सकेको छैन् ।

अधिक कामका कारण एक विज्ञापन कम्पनीमा काम गर्ने महिलाले आत्महत्या गरे पछि  सरकारले त्यसलाई नियन्त्रण गर्ने नसकेको भन्दै सार्वजनिक रुपमा निकै आलोचना खेप्नु परि रहेको छ ।

ओभरटाईम काम गर्ने कामदारहरु जापानी कम्पनीहरुमा बढी मात्रामा देखिए पनि जापानी कम्पनीहरुको मुनाफा अमेरिकी र युरोपियन कम्पनीहरुको तुलनामा कम देखिएको छ यस कारण पनि सरकारले श्रम क्षेत्रमा प्रभावकारी कदम चल्न नसकेको भन्दै विपक्षी पाटीहरुले सरकारको विरोध समेत गर्दै आएका छन् ।

सरकारले नै अत्याधिक काम गर्न पाउने नियम बनाईरहेको छ भने त्यसबाट मजदुर र कामदारहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई बुझ्ने निकाय को हुने भन्दै आलोचना हुने गरेको छ ।

विदेशीहरुका लागि नयाँ शैलीमा परामर्श व्यवस्था

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo