जनसम्पर्क समिति जापानले यसैसाता नयाँ नेतृत्व पाउने

13 December, 2017 10:33 | जापान | comments | 91800 Views

नेपाली जनसम्पर्क समिति जापानएक एक वर्षे कार्यकाल तोकिएको जापानको नेपाली जनसम्पर्क समितिले यसै साता नयाँ नेतृत्व पाउने भएको छ।

वर्तमान सभापति डिपी कँडेलले आफनो एक वर्षे कार्यकाल पुरा गरेर रोशन केसीलाई नेतृत्व हस्तान्तरण गर्न लागेका हुन।

आगामी डिसेम्वर १७ तारिक आईतबार टोकियो सिनओकुवो स्थित नेपाली मुरा हल सोलमारीमा एक कार्यक्रमका बीच नेतृत्व हस्तान्तरण हुन लागेको प्रवक्ता सुरेश गिरीले जानकारी दिए।

गत वर्ष भएको अधिवेशनले दुई वर्षे कार्यकालका लागि सभापतिमा कँडेल र केसीलाई एक एक वर्ष नेतृत्व दिने भएको सहमति अनुरुप कार्यभार हस्तान्तरण हुन लागेको गिरीले बताए। वार्षिक अधिवेशनले सभापतिमात्र परिवर्तन गर्ने जनार्इएकाे छ। अन्य पदाधिकारीहरूमा भने कुनै फेरवदल नहुने बतार्इएकाे छ।

नेपालमा हालै सम्पन्न निर्वाचनको समिक्षा तथा पार्टीको रणनीति तथा आगामी कार्ययोजना लगायतका विषयमा वार्षिक अधिवेशनमा सहभागिताका लागि नेपाली काँग्रेस पार्टीमा आस्था राख्ने सहित सम्पूर्ण क्रियाशिल सदस्य, क्षेत्रीय समिति सभापतिहरुमा सहभागिताका लागि अनुरोध गरिएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शत्रु गते

फेसबुक

शत्रु गते

ट्वीटर

सामाजिक सञ्जाल

More