जयललितालाई सजाय सुनाएपछि ६ जनाद्वारा आत्महत्या

30 September, 2014 16:40 | पत्रपत्रिका , मुख्य समाचार | comments | 23850 Views

jai-lalita-2

भ्रष्टाचार आरोपमा एआइडिएमके प्रमुख एवं तमिलनाडुकी मुख्यमन्त्री जे जयललितालाई चार वर्ष जेल सजाय सुनाइएपछि उनीसमर्थक १६ जनाको मृत्यु भएको छ ।

नवभारत टाइम्स अनलाइनका अनुसार जयललितालाई जेलसजाय सुनाइएको सहन नसकी ६ जनाले आत्महत्या गरेका छन् भने १० जनाको हृदयघातका कारण मृत्यु भएको छ । आत्महत्या गर्नेमा १९ वषीय कलेज विद्यार्थीसमेत छन् । अन्य कैयौं मानिसलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको पनि समाचारमा जनाइएको छ । प्रहरीका अनुसार अस्पतालको फैसला सुन्नेवित्तिकै तीन जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने एकले आत्मदाह गरेका थिए ।

त्यस्तै एक जनाले चलिरहेको बसबाट हाम्फालेर र एक जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । त्यसैगरी आत्मदाहको प्रयास गर्ने दुईजना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने तिरुपुरमा एक जनाले औंला नै काटेका छन् ।

-नयाँ पत्रिका दैनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!