जलवायु परिवर्तनविरुद्ध धार्मिक अपरिहार्यता : वातावरणीय उत्तरदायित्व र विश्वका धर्म (भिडियो सहित)

9 November, 2017 16:43 | बिचार | comments | 14850 Views

– रायन भी. स्टेवार्ट –

निरन्तर अघि बढिरहेको सभ्यताको सबैभन्दा ठुलो चुनौति जलवायु परिवर्तन हो भन्नेमा जसले पनि सजिलै बहस गर्न सक्छ । यस्तो विश्वव्यापी चुनौति लामो समयसम्म अखण्डित रहन सक्दैन । हामी मानवले कुनै पति हालतमा जलवायु परिवर्तनलाई उपेक्षा गर्न सक्दैनौ । यसको विपरीत हामीले आफ्नो र भविष्यको लागि यसविरुद्ध सक्दो प्रतिरोध गर्न पछि हट्नु हुँदैन ।

जलवायु परिवर्तनको कारणको सामना गर्नका लागि व्यक्तिगत रुपमा सबैलाई यो उनीहरुको र उनीरहका आत्मियहरुको सरोकारको विषय हो भनेर उनीहरुलाइ विस्वस्त पार्न सक्नुपर्छ । हामीले उनीहरुको मान्यताकोभित्र रहेको विस्वस्त पार्दै उनीहरुलाई आध्यात्मिक स्तरमा अपिल गर्नुपर्छ ।

आम जनताको मन तथा मस्तिस्कमा यस्तो विषय बुझाउने सबैभन्दा प्रभावकारी उपाय धर्म हो । व्यक्तिगत रुपमा धर्मले मानिसको भित्री सिद्धान्त, हाम्रोलागि सहज उपाय तथा विचार को प्रतिनिधित्व गर्छ । यस लेखमा विश्वका प्रमुख धर्मका मुल्य मान्यताको व्याख्या गरिएको छ ।

हिन्दु धर्म
विश्वको सबैभन्दा पुरानो धर्म तथा विभिन्न धर्महरुको संयुक्त रुपमा स्थापित हिन्दु धर्मले प्रकृतिको महत्वमा विशेष चासो राख्ने गरेको छ । यस विषयमा टेक्सस विश्वविद्यालयका दर्शन तथा धर्मका एसोसियट प्रोफेसर डा. पंकज जैनले “हाम्रा वातावरणीय क्रियाकलापले हाम्रो कर्मलाई प्रभावित गर्ने” कुरा हफिङ्टन पोष्टमा लेखेका थिए । हिन्दु धर्मको प्रमुख पाठको रुपमा रहेको कर्मले हामीले गर्ने राम्रा नराम्रा कर्महरुले हाम्रो भविष्य निर्धारण गर्ने गर्दछ । अहिंशा नै सर्वोत्तम धर्म हो भन्ने हिन्दु धर्मले अरुको नोक्सान र विनास गर्नाले मोक्ष प्राप्तिको बाटो बन्द हुने कुरा सिकाएको छ ।

हिन्दु धर्मको आधारशिला मानिएका चार वेदमध्येको एक यर्जुवेदमा ‘इक्षव्यासम इदम सर्वम्’ भन्ने पवित्र श्लोक लेखिएको छ जसको अर्थ भगवानसंग रहेर पम्पूर्ण ब्रह्माण्ड देख्न सकिन्छ भन्ने हो । यस अर्थमा सबै कुरामा भगवानको उपस्थिति हुने भएकाले पृथ्वीको अस्तित्वमा जीवन निर्भर भएको र मानवको विनासविना प्रकृतिको विनास असम्भव छ भन्ने कुरा भुल्नु हुँदैन ।

बौद्ध धर्म
बौद्ध धर्मको प्रमुख सिद्धान्त ब्रह्मविहार भनिने अनुकम्पा हो । दुखको न्युनिकरण– नकारात्मक उपभोग भनेर पनि चिनिने बौद्धिक विचारको सिद्धान्तमा बौद्ध धर्मको स्थापना भएको छ । बौद्ध धर्मअनुसार मोह, द्वेस र राग नामक त्रिविषबाट मुक्त र अस्थायी संसारमा कोही पनि पुर्ण रुपमा सन्तुष्टि खोज्नुले दुख पाइन्छ भन्ने ज्ञात भएको व्यक्तिलाई ज्ञानी मानिन्छ । ज्ञानी मानिस आफ्नो घमण्ड र मायामोह त्यागेर बाँच्न सक्छ ।

हेर्नुहोस् यो भिडियो

सबै बौद्ध धर्मावलम्बीहरुले मान्नैपर्ने बौद्ध धर्मका पञ्चशिलिनीमध्ये एक हो कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता । बौद्ध धर्मका प्रवर्धक प्रख्यात दलाई लामाले निरन्तर रुपमा जलवायु परिवर्तनको सामना गर्न सशक्त कदम चाल्नुपर्ने आवाज उठाइरहेका छन् । सन् २०१५ मा विश्वप्रशिद्ध बौद्ध भिक्षु थिच न्हाट हानले पृथ्वी हाम्री जननी भएको र उनले हरेक कदममा हामी सबैको पालनपोषण गरिरहेको र हामीले पनि आवश्यक परेमा यस्तै गर्नुपर्ने भन्दै संयुक्त राष्ट्र संघलाई जलवायु परिवर्तनको सार्वजनिक रुपमा विज्ञप्ति पठाएका थिए । हामीले खोजेको सचेतना पनि यही हो र हामीले यसलाई व्यवहारमा उतार्न सक्छौ अथवा सक्दैनौ भन्नेमा हाम्रो ग्रहको भविष्य लुकेको छ ।

इसाइ धर्म
”मैले तिमीहरुको रमाइलो तथा राम्रा वस्तुको लागि प्रशस्त जमिन दिए तर तिमीहरुले यहाँ आएर मेरो जमिनका साथै मेरा सम्पदाहरुलाई अशुद्ध बनायौ” भनेर ओल्ड टेस्टामेन्टको जेरेमिया कतिाबमा लेखिएको छ ।

क्याथोलिक चर्चका वर्तमान प्रमुख पोप फ्रान्सिसले विभिन्न अवसरहरुमा विश्वलाई वातावरणको संरक्षण गर्न अपिल गर्दै आएका छन् । २०१५ मा फ्रान्सिसले अबिभाजित उपभोग र निरन्तर वातावरणीय विनासको आलोचनात्मक पुस्तक पपल इन्साइक्लिक लाउदेतो सी सार्वजनिक गरेका थिए ।

क्याथोलिक चर्चपछिको सबैभन्दा ठूलो चर्च पूर्वीय अर्थोडक्स चर्चका नेता इकुमेनिकल प्याट्रियार्च वार्थोलोमेउ र पोप फ्रान्सिसले संयुक्त रुपमा २०१७ सेप्टेम्बरमा सम्पूर्ण श्रृष्टिको रक्षा गर्न सबैसंग अपिल गरेका थिए ।

इस्लाम धर्म
बाइबलमा जस्तै कुरानमा पनि वातावरणको चासोका बारेमा विभिन्न उदाहरणहरु भेट्न सकिन्छ । कुरानको पचपन्नौ पाठमा भगवानले स्वर्गको विकास गरेको र यसलाई सन्तुलित राखेको छ जसले गर्दा कसैले पनि यो सन्तुलनलाई भंग गर्नुहुँदैन र पृथ्वी सबै प्राणीहरुको साझा थलोको रुपमा स्थापना गरिएको कुरा उल्लेख गरिएको छ ।

प्रोफेट मोहम्मदले प्रकृतिको महत्व बुझेर तथा यसको सन्तुलित प्रयोगलाई धार्मिक तथा मानवीय सन्दर्भमा पवित्र कर्तव्यको रुपमा व्याख्या गरेका छन् । विश्वव्यापी जलवायु परिवर्तनको बारेमा सन् २०१५ मा विश्वभरका ६० उच्च पदस्त इस्लामिक प्रवर्तकहरुले भेला भएर संरक्षकको रुपमा मानवलाई चुनिएको तर ऊ स्वयं यसको विनासमा तल्लिन भएको र यसले पृथ्वीमा जीवन संकटमा रहेको बताएका थिए । अहिलेको जलवायु परिवर्तनको तिब्रता रोक्न नसकिने र यसले चाँडै नै पृथ्वीको सन्तुलन नास हुने अभिव्यक्ति उनीहरुले दिएका थिए ।

यहूदी धर्म
इसाइ ओल्ड टेस्टामेन्टको श्रोत मानिएको यहदी तनाखमा प्रकृतिमा रहेका सम्पूर्ण पशुपन्छी तथा बनस्पतिको मालिक स्वयम भगवान भएको उल्लेख छ । जलवायु परिवर्तन सम्बन्धि सिओपी २१ पेरिस सम्झौतापूर्व संयुक्त राज्यका प्रमुख रब्बी इफ्राइम मिरभिसले विश्वसामु विशाल तथा अकल्पनिय चुनौति रहेको र यसको नतिजा भयानक हुने बताएका थिए । विभिन्न राष्ट्र तथा संघसंस्थाहरुले हरितगृह ग्यासको न्युनिकरण गर्ने प्रतिबद्धता भविष्यको संरक्षको लागि निकै महत्वपूर्ण कदम हो । पृथ्वी सुन्दर पर्यावरणको सन्जाल , मौसमको विशाल ढाँचा तथा प्राकृतिक सम्पदाहरुको भण्डार हो जसमा हामी सबै निर्भर रहेको समेत उनले भनेका थिए ।

अन्त्यमा,
विश्वका सबै धर्महरुले वातावरणको महत्व र यसको संरक्षणमा विशेष ध्यान दिने गरेका छन् । आफू लगायत अनगिन्ती प्राणीहरु तथा वातावरणको संरक्षणको लागि जलवायु परिवर्तन विरुद्धको लडाइलाई प्रवर्धन गरेका छन् । अहिले भइरहेको कार्बन डाइअक्साइड उत्सर्जनले हिउँ पग्लिनुका साथै वायुमण्डलको नाटकीय स्वरुप परिवर्तन भइरहेको र यसले निकट भविष्यमा निकै भयानक परिणाम ल्याउने निश्चित छ ।

यदि हामीले हावामा कार्वन उत्सर्जनलाइ निरन्तरता दियौँ भने यसले तिर्ब गतिमा कार्वन डाइअक्साइडको बृद्धि हुने छ । अहिलेसम्म वायुमण्डलमा ४०३ भाग प्रति मिलियन (पिपिएम) उत्सर्जन भइसकेको छ जुन आलोचनात्मक सीमा हो तर यो चाँडै ४०५ भन्दा बढी हुनेछ । बितेको ३० लाख वर्षको तुलनामा हाम्रो वायुमण्डलमा कार्वन डाइअक्साइडको मात्रा १०० पिपिएमले बढिरहेको छ ।

जलवायु परिवर्त रोक्ने र सकेमा यसलाई उल्ट्याउनु आजको आवश्यकता हो । यसलाई विनाश गर्नुको साटो वातावरणसंग पारस्पारिक सम्बन्ध राखेर जीवनलाइ दिगोरुपमा अघि बढाउने उपायको खोजी गर्नु हामी र हामीले विश्वास गरेको नेतृत्वले गर्नुपर्छ ।

काउन्टरकरेन्टबाट अनुवाद रविन्द्र ओझा

जलवायु परिवर्तन पनि कारण बन्दैछ मानव बेचबिखनको

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More