जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई शर्माकोआग्रह

7 January, 2017 19:41 | अर्थ | comments | 5250 Views

ऊर्जामन्त्री जनार्दन शर्मा

ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानी कर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार आयोजित व्यापारीसँगको अन्तरक्रियामा उहाँले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा सङ्कटलाई समाप्त पार्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले देश सङ्घीयतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युत्को उपयोग गर्नुपर्ने धारणा राख्नु भयो ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो कार्यक्रममा यहाँका व्यापारीहरुले वीरगन्जले खेप्दै आएको ऊर्जा सङ्कटको अन्त्य गर्न माग गरेका थिए ।

ऊर्जामा मुलुक आत्मनिर्भर हुने:शर्मा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More