जहाँबाट पनि मज्जाले विश्वकप फुटबल हेर्न ‘नेटटिभी स्पोर्टस् एप’

13 June, 2018 17:17 | विश्वकप २०१८ रसिया , सूचना/प्रविधि | comments | 21000 Views

विश्वकप फुटबल हेर्ने समय तालिका मिलाउन नसक्नेहरुका लागि ‘एनआईटिभी स्ट्रिम्ज’ले मोबाइलबाट सजिलै विश्वकप फुटबल हेर्न सकिने ‘नेटटिभी स्पोर्टस् एप’ सार्वजनिक गरेको छ ।

यो एपमार्फत फुटबल हेर्ने र विजेताहरुको भविष्यवाणी गर्नेहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

adsads

आफ्नो मोबाइलबाट नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु जहाँबाट पनि सजिलै हेर्न सकिने नेटटिभी एप लञ्च गरिसकेको न्यू आइटीभेञ्चरले विश्वकपकै लागि भनेर विशेष फिचरसहित नयाँ एप सार्वजनिक गरेको छ ।

विश्वकप फुटबललाई लक्षित गरी नेटटिभी स्पोर्ट्स एपका रुपमा यो एप गुगल प्लेस्टोरबाट नेटटिभी स्पोर्ट्स सर्च गरेर डाउनलोड गर्न सकिनेछ । यो एप web.nettv.com.np र मोबाइलका ब्राउजरबाट पनि हेर्न सकिनेछ ।

नेटटिभी नेपालको पहिलो IPTV र OTT हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत ११५ च्यानलहरु हेर्न सकिनेछ । नेटटिभीको उपयोगकर्ता करीब १० लाखको हाराहारीमा छन् । यिनै ग्राहकको सुविधा र चाहनालाई ध्यानमा राखी नेटटिभी स्पोर्ट्स एप सार्वजनिक गरेको हो ।

‘एनआईटिभी स्ट्रिम्ज’ले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विश्वकप फुटबल सहजै हेर्न सकिने गरी नयाँ एप ल्याएको हो । यो एप विश्वकप फुटबलसंगै विश्वका ९ वटा प्रमुख स्र्पोट्स च्यानल हेर्न सकिनेछ । नेटटिभी डाउनलोड गरेकाहरुले त्यसैबाट र नगरेकाहरुले एपस्टोरबाट डाउनलोड गरेर आफ्नो फेसबुक एकाण्डबाट लगइन गरी वा नयाँ एकाउण्ट बनाएर पनि हेर्न सकिनेछ ।

यो एपमा स्पोर्ट्स च्यानल लाइभ स्ट्रिमिङ, लाइभ स्कोर, म्याच फिड, हाइलाट्स, लाइभ कमेन्ट्रीका साथमा विश्वकप फुटबलको प्रत्येक खेल अघि विजेता टोलीको घोषणा गर्ने दुईजनालाई दैनिक आकर्षक पुरस्कार प्रदान गरिनेछ र विजेताको घोषणा पनि एपमै गरिनेछ ।

कम्पनीका अनुसार यो एपलाई विश्वकप फुटबलपछि पनि निरन्तरता दिइने र खेलप्रेमीहरुको चाहना र रुची अनि सुझाव अनुसार परिमार्जन गर्दै लगिनेछ ।

यो एपको प्रमुख प्रायोजकका रुपमा ‘बिबि होलिडेज’, ‘वल्र्ड लिंक’, ‘सस्तो डिल’, ‘भायोनेट’, ‘खल्ती’, ‘बुलगार्ड इन्टरनेट सेक्युरिटी’ लगायतका छन् । यी कम्पनीहरुले विश्वपको सुरुवाती खेलका विजेताहरुको नाम मिलाउनेदेखि फाइनलखेलको विजेताको नाम मिलाउनेसम्मलाई आकर्षक पुरस्कार दिइनेछ ।

‘नेटटिभी स्पोर्टस् एप’ डाउनलोड गरेपछि बस, कार, पार्क, रेष्टुरेन्ट जता भए पनि आरामले विश्वकप फुटबल हेर्न सकिनेछ ।

हात हातमै लाईभ टिभी हेर्न नेट टिभी नेपाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जेल

फेसबुक

जेल

ट्वीटर

सामाजिक सञ्जाल

More