जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील : ओली

24 November, 2017 22:52 | राजनीति | comments | 24000 Views

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको बताउनुभएको छ ।

शुक्रबार धनगढीमा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले त्यस क्रममा जातीय क्षेत्रीय रुपमा विभिन्न समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा अब नेपाली जनता नफस्ने पनि बताउनुभयो ।

उहाँले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गर्दै अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण गर्न लागिएको स्पष्ट गर्नुभयो ।

सभामा नेता ओलीले चुनावका बेला सुरक्षाकर्मी र कर्मचारीले निष्पक्षताको व्यवहार देखाउनुपर्नेमा जोड दिनुभयो ।

सभामा कैलाली निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना, एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी केन्द्रका नेता रामबहादुर थापा, लेखराज भट्टलगायतले पनि बोल्नुभएको थियो ।

नेता ओलीले कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभयो ।

चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्छ : ओली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More