जापानका प्रधानमन्त्री शिन्जो आबे जलवायु परिवर्तनको शिखर सम्मेलनमा सहभागी नहुने

21 November, 2017 16:23 | विश्व समाचार | comments | 123750 Views

आगामी महिना पेरिसमा हुने जलवायु परिवर्तन सम्बन्धि शिखर सम्मेलनमा जापानी प्रधानमन्त्री शिन्जो आबे सहभागिता नजनाउने योजनामा रहेका छन् । कार्यगत व्यस्तताका कारण उनले आफ्नो प्रतिनिधिका रुपमा विदेश मन्त्री तारो कोनोलाई पठाउन लागेको सरकारको स्रोतले मंगलबार जनाएको छ ।

२०१५ को पेरिस सम्झौताको दोस्रो वार्षिकोत्सवको अवसरमा आर्थिक रुपमा जलवायु परिवर्तनको सामना गर्नका लागि छलफल गर्ने उदेश्यले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले आबे लगायत विश्वका १०० नेताहरुलाई डिसेम्बर १२ को सम्मेलनको निम्तो दिएको स्थानिय संचारमाध्यमले बताएका छन् । त्यसै समयमा जापान सरकार आगामी वर्षको लागि बजेट निर्माणको अन्तिम घडीमा हुने सरकारी स्रोतले जनाएको छ ।

चीनपछिको कार्वन डाइअक्साइडको दोस्रो उत्सर्जक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जुनमा यस सम्झौताबाट बाहिरिने निर्णय गरिपछि उनलाई यस सम्मेलनमा नबोलाइएको जानकारी प्राप्त भएको छ । ट्रम्पको निर्णयका आलोचक म्याक्रोनले ट्रम्पको “ मेक अमेरिका ग्रेट अगेन ” नारा पछि जलवायु सम्बन्धि वेबसाइट “ मेक आवर प्लानेट ग्रिन अगेन ” सार्वजनिक गरेका छन् ।

जर्मनीको बोन शहरमा बुधबार सम्पन्न संयुक्त राष्ट्र जलवायु सम्मेलनमा फ्रेन्च नेताले अमेरिकालाइ हटाएर युरोपले जलवायु परिवर्तनको सामानाको नेतृत्व गर्नुपर्ने प्रस्ताव गरेका छन् । यस शताब्दीको दोस्रो अंशमा कावै डाइअक्साष्ड तथा अन्य हरितगृह ग्यास उत्सर्जनलाई सुन्यमा झार्ने पेरिस सम्झौताको प्रमुख उदेश्य रहेको छ ।

जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नवीकरणीय ऊर्जामा जोड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सौराहामा लक्ष्मणको कला

फेसबुक

सौराहामा लक्ष्मणको कला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!