जापानका विद्यार्थीहरुको समस्या समाधान दक्षता विश्वमै सर्वोत्कृष्ट : सर्भे

22 November, 2017 14:05 | जापान | comments | 38550 Views

२०१५ मा ५२ देश तथा अर्थतन्त्रमा गरिएको सर्भेमा १५ वर्ष समुहका विद्यार्थीको सहकार्यमा आधारित समस्या समाधान दक्षता सिंगापुरपछिको दोस्रो स्थानमा रहेको आर्थिक साझेदारी तथा विकास संस्थाले ( ओइसीडी ) मंगलबार बताएको छ ।

विश्वका सवार्धिक चारमा एशियाका सहभागी परेका छन् जसमा तेस्रो र चौथो स्थानमा क्रमश हङकङ र दक्षिण कोरिया पर्न सफल भएका छन् भने समान अंकका साथ क्यानडा र इस्टोनिया पाँचौ स्थानमा छन् । सर्भे गरिएका ३२ देशहरुमध्ये जापान सर्वोत्कृष्ट ठहरिएको छ । ओइसीडीका अनुसार विद्यार्थीहरुको संयुक्त समस्या समाधान दक्षता परिक्षण गर्न केही प्रयासहरु गरिएका थिए । अन्तराष्ट्रिय विद्यार्थी मुल्यांकन कार्यक्रम अन्तर्गत यस क्षेत्रमा गरिएको यो पहिलो सर्भे रहेको ओइसीडीले बताएको छ ।

करिब एक लाख २५ हजार विद्यार्थीले सहभागिता जनाएको सर्भेमा उनीहरुले समुहमा रहेर कति प्रभावकारी कार्य गर्न सक्छन् भन्ने कुराको विश्लेषण गरिएको थियो । जापानबाट ६ हजार ६ सय सहभागी रहेको सर्भेमा २ हजारले विशेष सहकार्यमा आधारित समस्या समाधानमा दक्षता परिक्षणमा भाग लिएका थिए ।

ओएसीडीको औसत अंक ५०० रहेको छ जसमा ५६१ अंकका साथ सिंगापुर प्रथम स्थानमा रहेको छ भने जापानको ५५२ अंक रहेको छ । सहभागी देशहरुमा सर्वोत्कृष्ट मानिएको जापानका मात्र १० प्रतिशत विद्यार्थीले ४४० भन्दा कम अंक प्राप्त गरेका छन् । नतिजा विश्लेषण गर्ने क्रममा जापानको नेशनल इन्सटिच्युट फर एजुकेशनल पोलिसी रिसर्चका एक अधिकारीले जापानीहरुको समुहमा रहेर मिलिजुली काम गर्ने प्रवृत्तिले विद्यार्थीको प्रदर्शनमा प्रभाव पारेको बताएका छन् ।

ओएसीडीका अनुसार सहभागी भएका सबै देशको लैङ्गिक मुल्यांकनका आधारमा केटाहरुभन्दा केटीहरुको प्रदर्शन उच्च रहेको पाइएको छ । केटाहरुको ५३९ अंकको तुलनामा केटीहरुको औसत ५६५ रहेको छ । २०१२ को प्रोग्राम फर इन्टरनेशनल स्टुडेन्ट एसेसमेन्ट ( पिआइएसए ) अन्तर्गत व्यक्तिगत रुपमा समस्या समाधानको दक्षता परिक्षणमा आधारित सर्भेमा जापानी विद्यार्थी सिंगापुर र दक्षिण कोरियापछि तेस्रो स्थानमा रहेका थिए ।

जापानी विद्यार्थीहरु अंग्रेजी भाषामा निकै कमजोर : सर्वेक्षण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाना

फेसबुक

बाना

ट्वीटर

सामाजिक सञ्जाल

More